बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

सोमबार, २६ असोज २०७७, १८ : १५
सोमबार, २६ असोज २०७७

पोखरा । गण्डकी प्रदेशमा सोमबार १२६ जनामा कोरोना पुष्टि भयो । सोमबार पुष्टि भएका संक्रमितमध्ये सबैभन्दा बढी नवलपुरमा ६१, कास्कीमा २९, तनहुँमा २६, बाग्लुङमा ७, लमजुङमा २ र स्याङजामा एक जना रहेका छन् । 

स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार थपिएका संक्रमितमध्ये १ सय २६ जना संक्रमित नै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । संक्रमित सबै जनालाई आइसोलेसन कक्षमा पुर्याई सकेको निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

सोमबार थपिएका संक्रमितमध्ये २ जना स्वास्थ्यकर्मी समेत रहेको खुलेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र पोखरा शिवचोकमा रहेको अन्नपूर्ण अस्पतालको एनसियू वार्डमा कार्यरत दुई नर्समा कोरोना पुष्टि भएको पाइएको छ । 

अस्पताल स्रोतकाअनुसार दुवै जनाले संक्रमित भएको आशंकापछि स्वाव परीक्षण गरिएको थिए । आइतबार कोरोना आशंका गरि स्वाब दिएका उनीहरुको सोमबार कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनीहरु दुवै जना अहिले होम आइसोलेसनमा बसेका छन् । 

हामीले संक्रमित स्वास्थ्यकर्मीमध्ये पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कार्यरत २१ वर्षीय नर्सलाई सम्पर्क गर्दा आफूमा कोरोना संक्रमण भएको पुष्टि गरिन् । सामान्य ज्वरो देखिएपछि स्वाब गरिएकी उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।  होम आइसोलेसनमा बसिरहेकी ती नर्सले आफूलाई अस्पताल बाहिरबाटै कोरोना संक्रमण भएको हुन सक्ने बताइन् । ‘म लिभमा थिएँ । अस्पताल गएको थिइन, अस्पताल नगएको हुनाले मलाई अस्पतालबाट कोरोना सरेन होला,’ उनले भनिन् ।

केही दिन बिदामा बसेकी २१ वर्षीय ती नर्सले सोमबारदेखि नै ड्युटी जोइन गर्ने तय भएको थियो । तर, उनमा सोबार कोरोना संक्रमण देखिएको छ । उनले अस्पताल प्रशासन नियमित सम्पर्कमा बसेर आफ्नो स्वास्थ्य अवस्था बुझिरहेको बताइन् ।  यता, अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले आफू यसबारे अनभिज्ञ रहेको बताए ।

अन्नपूर्ण अस्प्तालका डाइरेक्टर शंकर पौडेलले बिदामा बसेकी कर्मचारीमा कोरोना पुष्टि भएको हुनाले पनि अस्पताल जोखिमुक्त रहेको बताए । ‘उहाँ एक हप्तादेखि बिदाम हुनुहुन्थ्यो । त्यसकारण पनि हामीले विज्ञप्ति निकाल्नु जरुरी ठानेनौं,’ उनले भने, ‘उहाँ अस्पतालसँग एक हप्तादेखि टचमा हुनुहुन्न् ।’  डाइरेक्टर पौडेलले आफूहरु जनस्वास्थ्यप्रति जिम्मेवार रहेकाले संक्रमित स्वास्थ्यकर्मीद्वारा बिरामी नजचाउने जिकिर गरें । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप