शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड स्टारहरु दिल्ली उच्च अदालतमा, पत्रकार अर्नब गोस्वामी लगायत निशानामा

सोमबार, २६ असोज २०७७, १९ : ४५
सोमबार, २६ असोज २०७७

एजेन्सी । बलिउडका ३८ फिल्म कम्पनीहरुले फिल्म उद्योगको छबि बिगारिएको भन्दै समाचार च्यानलहरुविरुद्ध मुद्दा दायर गरेका छन् । सोमबार ती कम्पनीले दिल्ली उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । ती कम्पनीले केही मिडिया हाउस र टिभी पत्रकारहरुलाई बलिउडका विषयमा गैरजिम्मेवार, अपमानजनक र निन्दनीय मिडिया ट्रायले रोक्न समेत अपिल गरेका छन् ।

मुद्दा दायर गर्नेहरुमा बलिउड अभिनेता शाहरुख खान, आमिर खान, अजय देवगन लगायतका ठुला प्रोडक्सन हाउसहरु रहेका छन् । पछिल्ला ४ महिनायता थुप्रै मिडिया र पत्रकारहरुले बलिउड अभिनेता र सो क्षेत्रका विषयमा थुप्रै आरोप लगाइएको ती कम्पनीको आरोप छ । खासगरी ड्रग्स केसको अनुसन्धानका क्रममा धेरै बलिउड सेलीब्रेटीहरुलाई यसमा जोडिएको थियो ।

दिल्ली उच्च अदालतमा दायर गरिएको सिविल सुटमा रिपब्लिक टिभी र टाइम्स नाउलाई सामेल गराइएको छ । रिटमा रिपब्लिक टिभीका अर्नब गोस्वामी र अन्य पत्रकारहरु प्रदिप भण्डारी, राहुल शिवशंकर र नविका कुमारलाई विपक्षी बनाइएको छ ।

दायर गरिएको मुद्दामा समाचार च्यानलहरुमा प्रसारण गरिएका अपमानजनक सामाग्री तत्काल हटाउन माग गरिएको छ । कम्पनीहरुले यी टेलिभिजन च्यानल र पत्रकारहरुले बलिउडका विरुद्धमा निकै अश्लील भाषा प्रयोग गरिएको आरोप लगाएका छन् । यो बहसमा बलिउडका ३४ ठुला प्रोडक्सन हाउस र ४ वटा फिल्म संगठनहरु सहभागी छन् । बलिउड फिल्म निर्माता विवेक अग्निहोत्रीले यी सबै नामहरुको सूची सार्वजनिक गरेका छन् ।

 भारतीय रिपब्लिक टिभीका अर्नब गोस्वामी यसअघि पनि विभिन्न घटनाहरुमा मुछिएका विवादास्पद मिडियाकर्मी हुन् । उनी लगायत थुप्रै पत्रकारहरुले भ्रामक सामाग्री प्रसारण गरेको आरोप लगाउँदै बलिउड प्रोडक्सन हाउसहरुले न्यायका लागि अदालतको सहरा लिएका हुन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप