शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोलकाताविरुद्ध विराट कोहलीको बेंगलोरले ब्याटिङ गर्दै

सोमबार, २६ असोज २०७७, १९ : ५५
सोमबार, २६ असोज २०७७

काठमाडौं । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

शारजाह क्रिकेट स्टेडियममा टस जितेर बेंगलोरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । बैंगलोर पाँचौ जितको खोजीमा छ भने कोलकत्ता पनि पाँचौ जितको खोजीमा छ । अघिल्ला ६ खेलमा बैंगलोरले ४ जितसहित ८ अंक जोडेको छ । यस्तै कोलकत्ताले ६ खेलमा ४ अंक जोडेको छ ।

बेंगलोरको प्लेइङ ११ मा विराट कोहली (कप्तान) एवी डि भिलियर्स, क्रिस मोरिस, आरोन फिन्च, देवदत्त पाडिक्कल, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी इसुरु उडना र युजभेन्द्र चहल परेका छन् ।

यस्तै कोलकाताको प्लेइङ ११ मा विकेटकिपर तथा कप्तान,दिनेश कार्तिक  कमलेश नगरकोटी, टम ब्यान्टन, सुभमन गिल, नितेश राणा, ओईन मोर्गन, आन्द्रे रसेल, प्याट कमिन्स, राहुल त्रिपाठ्ठी, बरुण चकबर्ती र प्रसिद्ध कृष्ण रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप