शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवन मेडिकल कलेजमा थप एक सङ्क्रमितको मृत्यु

सोमबार, २६ असोज २०७७, २२ : ५६
सोमबार, २६ असोज २०७७

चितवन । चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १० का ७८ वर्षीय वृद्ध रहेका छन् ।

उनमा असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनी निमोनियाका कारण २४ गते अस्पतालमा भर्ना भएका थिए । उनको उपचारका क्रममा आज राति ८ः१० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको उनले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप