शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंगलग्रह आज सबैभन्दा ठूलो र चम्किलो देखिने

मङ्गलबार, २७ असोज २०७७, ०७ : ०९
मङ्गलबार, २७ असोज २०७७

नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ ।

वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् ।

यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् ।

यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगल ग्रहको अपोशिजनको घटना प्रत्येक दुई वर्ष (२६ महिना) मा हुन्छ ।

नासाका अनुसार मंगल ग्रह र पृथ्वी नजिक हुने खगोलीय घटना हरेक दुई वर्ष (लगभग २६ महिना) मा एक पटक हुन्छ । त्यसैले अर्को पटक मंगल ग्रह र पृथ्वी दुबै एक अर्काको नजिक डिसेम्बर २०२२ भन्दा अघि आउने छैनन् ।

अपोजिशनको खगोलीय घटना १३ अक्टोबर भइरहे पनि गत मंगलबार अर्थात् ६ अक्टोबरमा पनि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो ।

यद्यपि, नजिक आउँदा पनि पृथ्वीबाट मंगल ग्रहको दुरी ३८.६ मिलियन मिल थियो । अब सन् २०३५ सम्म मंगल र पृथ्वी यति नजिक आउने छैनन् ।

सन् २००३ मा मंगल ग्रह पृथ्वीभन्दा ३४.८ मिलियन मिलको दुरीसम्म पुगेको थियो जुन पछिल्लो ५९ हजार ६ सय १९ वर्षमा सबैभन्दा नजिक थियो । अब सन् २२८७ सम्म यो पृथ्वीको यति नजिक आउने छैन ।

यो घटनालाई खगोल विज्ञानमा ‘मार्स क्लोज एप्रोच’ भनिन्छ । जब मार्स क्लोज एप्रोचको घटना हुन्छ तब मंगल ग्रह राती चन्द्रमा जति ठूलो देखिन्छ भनेर अफवाह फैलन्छ जुन वास्तविक होइन ।

तपाईंले टेलिस्कोपको माध्यमले यो पक्कै पनि देख्न सक्नुहुन्छ । यदि तपाईं यसलाई अझ राम्रो तरिकाले हेर्न चाहनुहुन्छ भने तपाईं आफ्ना वरिपरिको तारा घर वा एस्ट्रोनोमी सेन्टरबाट यसलाई हेर्न सक्ुहुन्छ ।

हरेक दुई वर्षमा यो खगोलीय घटना हुने भएकोले मंगल ग्रहमा जाने मिशन साधारणतया दुई वर्षको अन्तरालमा पठाइन्छ । यसो गर्दा कम दुरीको यात्रा गर्नुपर्छ, यात्रामा समय र ऊर्जा कम लाग्छ ।

हाल मंगल ग्रहका तीन मिशन सक्रिय छन् । यी तीनैलाई यसै वर्ष जुलाईमा पठाइएको थियो । संयुक्त अरब इमिरेट्सको ‘होप’ अर्बाइटर, चीनको ‘तियानवेन’ अर्बाइटर एण्ड रोवर र अमेरिकाको ‘पर्सिवियरेन्स’ रोवर ।

युरोप र रुसले पनि आफ्नो रोजालिन्ड फ्रेंकलिन रोवरलाई पठाउने बारे सोचेको थियो तर उसले आफ्नो मंगल मिशन लञ्च गर्न सकेन । अब उनीहरुले यसका लागि सन् २०२२ सम्म प्रतिक्षा गर्नुपर्नेछ ।

यूएई, चीन र अमेरिकाको मंगल मिशन फेब्रुअरी २०२१ मा मंगल ग्रहमा पुग्नेछ ।

यसअघि मार्स क्लोज एप्रोचको घटना सन् २०१८ जुलाई ३१ मा भएको थियो । सन् २०१८ को मे मा नासाले मंगल ग्रह मिशन लञ्च गरेको थियो ।

पृथ्वी र मंगल ग्रहबीच दुरीमा यो परिवर्तन ग्रहको अण्डाकार कक्षाका कारण हुने गर्छ । अन्य ग्रहको गुरुत्वाकर्षणका कारण पनि ग्रहको कक्षामा लगातार हल्का–फुल्का परिवर्तन भइरहन्छन् ।

 विशेषगरी वृशस्पतिको गुरुत्वाकर्षण बल जुन कक्षामा मंगल ग्रह परिक्रमा गर्छ, त्यसलाई प्रभावित गर्छ ।

मंगल ग्रहलाई रातो ग्रहको नामले पनि चिनिन्छ किनभने यसको सतहमा आइरन अक्साइड ठूलो परिणाममा पाइन्छ जसका कारण यो रातो देखिन्छ ।

मंगल ग्रह सूर्य मण्डलको दोस्रो सानो ग्रह हो । पृथ्वी जस्तै मंगल ग्रहमा उत्तर र दक्षिण ध्रुव छ जुन बरफले ढाकिएका छन् । यहाँ तापक्रम –१४० डिग्री सेल्सियससम्म पुग्छ ।

मंगल ग्रहमा उच्चतम तापक्रम २० डिग्री सेल्सियस हुन्छ । मंगल ग्रहमा २५ घण्टाभन्दा थोरै समयको दिन हुन्छ तर यहाँ वर्ष भने पृश्थपीको वर्षभन्दा करिब दोब्बर लामो हुन्छ किनभने सूर्यको परिक्रमा गर्न मंगल ग्रहलाई ६८७ दिन लाग्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप