शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘मेसो पा छैन’मा पुष्प र उषाको रोमान्स

मङ्गलबार, २७ असोज २०७७, १० : ०१
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । अभिनेता पुष्प खड्का पछिल्लोे समय म्युजिक भिडियोमा धेरै देखिन थालेका छन् । उनी अभिनित नयाँ भिडियो ‘मेसो पा छैन’सार्वजनिक भएको छ ।

हरि लम्सालको शब्द, संगीत रहेको गीतमा रमण रेग्मी र मेलिना राईको स्वर रहेको छ  ।

म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्टले गरेका हुन् । भिडियो अभिनयमा पुष्पलाई मोडल उषा उप्रेतीले साथ दिएकी छन् ।

भिडियोको नवराज उप्रेतीको छायाँकन रहेको छ । सानै उमेरदेखी गीतसंगीतमा लागेका गायक रेग्मीमा ‘हुन्छ नि वैशमा मुटु साटौ लाग्ने’ र ‘ घर त लगनखेल’ गीतले चर्चा पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप