शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना विशेष अस्पताल बुटवलमा थप १ संक्रमितको मृत्यु

मङ्गलबार, २७ असोज २०७७, १३ : ३१
मङ्गलबार, २७ असोज २०७७

बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज दिउँसो थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पताललका सूचना अधिकारी डा.बिष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ । उनलाई मुटु र उक्त रक्तचापको समस्या रहेको पनि अस्पतालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप