बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

अस्मिताको प्यारमा जगदीश

मङ्गलबार, २७ असोज २०७७, १३ : ५३
मङ्गलबार, २७ असोज २०७७

काठमाडौं । लोकप्रिय गायक जगदीश समाल र गायिका अस्मिता अधिकारीको युगल स्वर रहेको गीत ‘तिम्रो प्यारमा छु’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा अनु शाहको शब्द, नारायण सुवेदी  आभाषको संगीत रहेको छ । गीतमा संगीत संयोजन उदयराज पौडेलले गरेका हुन् । 

रोमान्टिक भर्सनको गीतको भिडियोमा पनि एक प्रेमी जोडीको प्रेम र रोमान्स देखाइएको छ । भिडियोमा आकाश श्रेष्ठ र निलम चन्दको रोमान्स समेटिएको छ । गोदावरीमा छायाँकन गरिएको यस भिडियोमा बुद्द थापाको  छायाँकन, विकास धमलाको सम्पादन छ । भिडियोे निकेश खड्काले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप