शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाभारतमा भीष्म पितामहको भूमिका निभाउने मुकेशले किन गरेनन् अहिलेसम्म विवाह ? बताए यस्तो कारण

मङ्गलबार, २७ असोज २०७७, १४ : २४
मङ्गलबार, २७ असोज २०७७

अभिनेता मुकेश खन्नाले अहिलेसम्म विवाह गरेका छैनन् । उनी ६२ वर्ष पुगिसकेका छन् ।

विवाह नगर्नुको कारण बारे उनले एक अन्तरवार्तामा कुरा गरेका छन् । मुकेश भन्छन्, ‘विवाह ती व्यक्तिको हुन्छ, जसको भाग्यमा यो हुनैपर्ने लेखिएको हुन्छ । मेरो बोल्ने बानीले मसँग थुप्रै विवाद जोडिएका छन् । म आफ्नो जीवनको एउटा यस्टो विवाद समाप्त पार्न चाहन्छु जुन वर्षौंदेखि चल्दै आएको छ ।’

मुकेश थप्छन्, ‘मैले विवाह किन गरिनँ ? एक जमानामा हरेक पत्रकारको यो निकै प्रिय प्रश्न हुन्थ्यो । म तपाईंलाई भन्न चाहन्छु कि म विवाह विरोधी भने होइन । मानिसहरुले थुप्रै पटक भन्ने गर्नुहुन्छ कि मुकेश खन्नाले भीष्म पितामहको भूमिका गरेका कारण नीजि जीवनमा पनि त्यहि अपनाइरहेका छन्, त्यसैले उनले विवाह गरेनन् । म उहाँहरुलाई भन्न चाहन्छु कि म यति महान छैन र कोही पनि मानिस भीष्म पितामह बन्नै सक्दैनन् । मैले नीजि जीवनमा कुनै भीष्म प्रतिक्षा लिएको छैन तर यो पनि भन्न चाहन्छु कि विवाह नामको इन्स्टिट्युशनलाई मैले भन्दा कसैले पनि सम्मान गर्दैन होला । विवाह भाग्यको कुरा हो । अफेयर लेखिएको हुँदैन ।’

उनी थप्छन्, ‘विवाहको दुई आत्माको मिलन हुन्छ, विवाह माथिबाटै लेखेर आएको हुन्छ । दुई खानदान कमिटेड हुन्छन्, दुई परिवारको जीन्स कमिटेड हुन्छन् । विवाह दुई आत्माको हुन्छ जो २४ घण्टा सँगै बस्छन् । उनीहरु सँगै बस्नुपर्छ र सँगै बस्दा उनीहरुको जीवन परिवर्तन हुन्छ । दुबैको भाग्य ठोक्किन्छ र एक–अर्काको मद्दत पनि गर्छन् । म विवाह हुने लेखिएको छ भने जसरी पनि होला, अब त मेरो लागि कोही पनि केटी जन्मिएकै छैनन् होली । विवाह मेरो नीजि कुरा हो । मेरी कोही श्रीमती छैनन् । मेरो विवाहको विवाद समाप्त गरौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप