शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाबाट संक्रमित भए रोनाल्डो

मङ्गलबार, २७ असोज २०७७, २१ : १६
मङ्गलबार, २७ असोज २०७७

पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिष्ट्रियानो रोनाल्डो कोरोना भाइरसबाट संक्रमित भएका छन् । पोर्चुुगल फुटबल फेडेरेशनले मंगलबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । 
रोनाल्डोको स्वास्थ अवस्था ठिक रहेको र उनमा कुनै लक्षण नदेखिएको विज्ञप्तिमा जनाइएको छ । फेडेरेशनका अनुसार रोनाल्डो अहिले आइशोलेसनमा छन् । ३५ वर्षका रोनाल्डो इटालियन क्लब युुभेन्टस्बाट व्यवसाहिक फुटबल खेल्छन् । गत साताको आइतबार उनले पोर्चुुगलबाट फ्रान्सविरुद्ध नेशन्स लिग म्याच खेलेका थिए । त्यस्तै, गत शुक्रबार स्पेनविरुद्धको मैत्रिपूर्ण खेलमा पनि उनी सहभागी थिए । 

रोनाल्डोले  अब नेसन्स लिगअन्तर्गत स्विडेनविरुद्ध हुने बुधबारको खेल गुमाउनेछन् । त्यस्तै युुभेन्टस्बाट सिरिएअन्तर्गत क्रोटोन र च्याम्पियन्स लिगअन्तर्गत डायनामो किभविरुद्धको खेल पनि गुमाउने छन् ।
रोनाल्डोले यस सिजन युुभेन्टस्का लागि दुुई लिग खेलमा तीन गोल गरिसकेका छन् । पोर्चुुगलले नेसन्स लिगमा गत महिना स्विडेनलाई २–० ले हराउँदा उनले निर्णायक दुुबै गोल गरेका थिए । 

विश्वव्यापी रुपमा कोरोना भाइरस फैलिरहेको छ । तर, धेरै खेलाडीहरु क्लबको खेल नभएको अवस्था अर्थात् अन्तर्राष्ट्रिय ब्रेकका दौरान आफ्नो देशको प्रतिनिधित्व गरिरहेका छन् । यद्यपी, केही क्लबहरुले भने खेलाडीहरुलाई देशका लागि खेल्ने अनुमति दिएका छैनन् । जस्तो अस्ट्रियन क्लब आरबी साल्जवर्गले आफ्ना खेलाडीहरुलाई छुुट्टी दिएको छैन । माली, क्यामरुन, जाम्बिया, अस्ट्रिया र हंगेरीलगायत देशका राष्ट्रिय टिमका सदस्य यस क्लबबाट खेल्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप