केन्द्रीय संस्करण

चीनमा सवारी साधनको बिक्री बढ्यो

person explore access_timeअसोज २७, २०७७ chat_bubble_outline0

बेइजिङ । कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ । यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ ।

चिनियाँ अटोमोबाइल उत्पादक संघकाअनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् । अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो ।  

यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो ।  चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो ।

चीनका खस्किदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् ।  गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो । –एपी
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.