बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्लाज्मा संकलन अभियानमा चेम्बर चितवन

मङ्गलबार, २७ असोज २०७७, २२ : ३२
मङ्गलबार, २७ असोज २०७७

नेपाल चेम्बर अफ कमर्स चितवनले प्लाज्मा संकलन गरेर आफ्नो स्थापना दिवस मनाउँदैछ । ‘कोरोना संक्रमितको आह्वान हाम्रो साझा अभियानः मैले जितेँ कोरोना गर्छु प्लाज्मा (रक्तदान)’ मुल नाराका साथ चेम्बर अफ कमर्स चितवनले आजदेखि प्लाज्मा सकलन अभियान सञ्चालन गरेर आफ्नो  स्थापना दिवस मनाउन लागेको हो । 

नारायणगढमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले कार्यक्रमको उद्घाटन गरे भने आजै राप्ती नगरपालिकामा पहिलो चरणमा कोरोना संक्रमण निको भएका सशस्त्र प्रहरीबाट प्लाज्मा संकलन भएको छ ।  यस्तै अर्को दिन नारायणगढमा र तेस्रो दिन रत्ननगरमा प्लाज्मा संकलन गर्ने कार्यक्रम रहेको चितवन चेम्बरका अध्यक्ष दीर्घमान श्रेष्ठले बताए ।   


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप