बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

श्रीमानबिना छोरीहरुको लालनपालन कसरी गरिरहेकी छिन सुष्मिता सेन ?

बुधबार, २८ असोज २०७७, १० : १८
बुधबार, २८ असोज २०७७

बलिउड नायिका सुष्मिता सेना बाहिरी रुपमा मात्रै सुन्दर छैनन् उनको भित्री मन पनि सुन्दर छ । यो कुरा उनको व्यवहारले नै पुष्टि गर्छ । सुष्मिताका दुई छोरी छन् जसको लालनपालन उनले एक्लै गर्दै आएकी छिन् । स्मरण रहोस्, सुष्मिताले दुईजनालाई धर्मपुत्रीको रुपमा हुर्काइरहेकी छिन् ।

जसरी सुष्मिताले आफ्नी छोरीहरुको लालनपालन गर्दै आएकी छिन् त्यसले हरेक आमालाई बलियो बन्न प्रेरणा दिन्छ । तपाईं पनि सुष्मिता सेनसँग आफ्ना सन्तानको हेरविचारका लागि धेरै कुरा सिक्न सक्नुहुन्छ ।

आमा–बुवा दुबै हुनैपर्छ भन्ने छैनः

बच्चाका लागि आमा–बुवा दुबै हुनुपर्छ भनिन्छ तर यदि कुनै कारणवश बच्चाले आमा वा बुवाको प्रेम र साथ पाउन सकेन भने तपाईंको परिवार अधुरो छ भन्ने होइन ।

यो कुरालाई सुष्मिता सेनले राम्र्रोसँग बुझेकी छिन् । बच्चालाई एक्लै हुर्काउन मुश्किल भएको सुष्मिता स्विकार गर्छिन् तर यो असम्भव भने नभएको बताउँछिन् । ‘थोरै प्रयासले तपाईंले सबैकुरा गर्न सक्नुहुन्छ’, उनी भन्छिन् ।

बच्चासँग इमानदार रहन आवश्यक छ । बच्चाको दिमागमा हज्जरौं प्रश्न हुन्छ तपाईंले यसको साँचो जवाफ दिनुपर्छ तर थोरै सृजनात्मक तरिकाले ।

सुष्मिता भन्छिन्, ‘एक दिन मेरी छोरी रेनी स्कूलबाट आएर आफ्ना पिताबारे सोध्न थालिन् । तब मैले मुस्कुराउँदै तिम्रो पिता भगवान शिव हुन् भनेर जवाफ दिएँ ।’म

मस्ती गर्नुहोस्ः

सुष्मिता बच्चालाई अनुशासनमा राख्न अत्यावश्यक भएको बताउँछिन् तर कहिलेकाँही मस्ती पनि गर्नपर्ने उनको धारणा छ । सुरुमा सुष्मिता निकै कडा आमा थिइन् तर उनी अहिले यस्तो गर्दिनन् । आफ्ना छोरीहरुले केही राम्रो गरे बिदा मनाउन उनीहरुलाई घुम्न लिएर जान्छिन् ।

अंकलाई महत्व दिन्नन्ः

नायिकाका अनुसार कुनै पनि व्यक्तिको परीक्षामा आएको नम्बरले उनको ज्ञान र बुद्धिमानीबारे थाहा हुन सक्दैन । अभिभावकले आफ्ना सन्तानलाई राम्रो अंक ल्याउन दबाब दिइरहेका हुन्छन् तर आफ्ना सन्तानले वास्तवमा केही पनि सिकेका छैनन् भन्ने कुरा ध्यानमा नै राख्दैनन् ।

सुष्मिता भन्छिन्, ‘ज्ञान तपाईंका लागि कुनै हतियार भन्दा कम छैन, यसले तपाईंको सधैं रक्षा गर्नेछ ।’

बच्चाहरुको सपना साँचो बनाउनुहोस्ः

हरेक बच्चा डाक्टर वा इन्जिनियर बन्न चाहँदैनन् । केहीलाई नायक बन्न मनपर्छ त कसैलाई पेन्टिङ गर्न मनपर्छ । आफ्ना बच्चालाई आफ्नो सपना आफैं छान्न दिनुहोस् ।

उनीहरुलाई कुनै ठूलो सपना देख्न दिनुहोस् र त्यो सपना पूरा गर्न सधैं उनीहरुलाई साथ दिनुाहेस् । सुष्मिता पनि आफ्ना छोरीहरुलाई आफ्नो सपना छान्न र त्यो पूरा गर्ने कोसिस गर्न स्वतन्त्रता दिन्छिन् । यस्तै सोच हरेक अभिभावकमा हुन जरुरी छ ।

सजिलो छैन बच्चा हुर्काउनः

हरेक अभिभावकलाई झैं सुष्मिताका लागि पनि आफ्ना छोरीहरुको हेरविचार गर्नु सजिलो थिएन । त्यो पनि एक्लै । २४ वर्षको उमेरमा कानूनसँग लामो लडाईं लडेपछि सुष्मिताले धर्मपुत्री पाल्ने अनुमति पाएकी थिइन् र आफ्नो त्यो यात्राबारे सुष्मिता भन्छिन्, ‘आमाको यात्रा वा बच्चाको हेरविचार गर्नु सजिलो कुरा होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप