शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी ब्राण्डको वेभसाईटबाट सामान खरिद गर्दा उपहारै उपहार

बुधबार, २८ असोज २०७७, १३ : १०
बुधबार, २८ असोज २०७७

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्रोनिक्स ब्राण्ड सि.जी.ले दशैं तिहार पर्वलाई लक्षित गरि विभिन्न किसिमका उपहार योजना बजारमा उपलब्ध गराईसकेको छ । ती सबै उपहार योजनाहरु उपभोक्ता महानुभावहरुले सि.जी.को आफ्नो आधिकारिक वेभसाईट www.cginspiringlife.com/category/festiveoffers बाट बुकिङगरि खरिद गर्नुभएमा बम्परमा भाग्यशाली ३ जना विजेताहरुलाई सि.जी.को माइक्रोवेभ वभन, भ्याकुम क्लिनर र स्पिकर दिने पनि योजना याएको छ । 
उक्त योजना अन्तर्गत २० देखि ४३ इन्च सम्मको टि.भी.को खरिदमा ३०% सम्मको नगद छुट र सो भन्दामाथि टि.भी.को खरिदमा नगद छुट साथै सि.जी.कै अकर्षक स्पिकर प्राप्त गर्न सक्ने जनाइएको छ । त्यसैगरि साईड बाई साईट र मल्टी डोर रेफ्रीजेरेटरको खरिदमा पिजन ब्राण्डको मिक्चर र आकर्षक नगद छुट पाउनुहुनेछ । डलबडोर रेफ्रीजेरेटरमा सि.जी.को प्रेसर कुकर र सिंग्लडोर रेफ्रीजेरेटरमा आकर्षक नगद छुट पाउनुहुनेछ ।

यो वर्ष सिजीले फ्रन्टलोड वासिङ मेसिनमा भने मिक्चर, टपलोड र सेमीअटोमेटिक वासिङ मेसिनमा सिजीको आईरन, माइक्रोवेभ ओभनमा कुकिङ किट र चेस्ट फ्रिजर तथा शोकेस र स्पिकरहरुको खरिदमा आकर्षक नगद छुट रहेको छ । एसिमा भने निःशुल्क जडानको व्यवस्था समेत रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप