मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा दबाब, ७.४२ अंकले घट्यो

बुधबार, २८ असोज २०७७, १५ : ४३
बुधबार, २८ असोज २०७७

काठमाडौं । बुधबार (असोज २८) नेप्से सूचक ७.४२ अंकले घटेर १५६१.१७ बिन्दुमा आइपुगेको छ । १९५ कम्पनीको १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर खरिदबिक्री भएका छन् । होटेल बाहेक कारोबारमा आएका सबै समूहका सूचक घटेका छन् । वाणिज्य बैंक समूहको सूचक ३.५९ अंकले घटेको छ । 

सानिमा बैंकको सबैभन्दा धेरै ७ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी ९.८४ प्रतिशतले  कमाएका छन । नेपाल फाइनान्सको पनि भाउ ९.७५प्रतिशतले बढेको छ । घलेम्दी हाइड्रो पावरको भाउ सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।

दशै तिहार जस्ता महान चाडहरु नजिकिदै छन् । लगानीकर्ताहरु खर्च जोहो गर्न थालेका छन् जसका कारण खरिद बिक्रिमा चाप परेको छ । अर्कोतर्फ लगानीकर्ताहरु प्रथम त्रैमासमा बैंकको साँवा र ब्याजको भुक्तानी गर्नका लागि पनि दबाब पर्ने गर्दछन् । यसकारण पनि बजारमा दबाव परेको अनुमान छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप