शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईश्वर पोखरेलबाट किन खोसे प्रधानमन्त्रीले रक्षा मन्त्रालय ?

बुधबार, २८ असोज २०७७, २० : ०२
बुधबार, २८ असोज २०७७

काठमाडौं । भारतीय सेनापति मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणको टुंगो लागेकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा मन्त्रालयकोे जिम्मेवारी आफैंले लिएका छन् ।  प्रधानमन्त्री कै विश्वासपात्र मानिएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको जिम्मेवारी भारतीय सेनापति नरवाणे नेपाल आउने टुंगो लागेसँगै प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफ्नो हातमा लिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

नरवाणे नेपाल आउने कुरा बुधबारमात्रै औपचारिक रुपमा सार्वजनिक भएको थियो । नेपाली सेनाकाअनुसार नरवाणे आगामी कार्तिक १८ गते नेपाल आउँदैछन् ।  प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद पुनर्गठनमा रक्षामन्त्री रहेका ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा उपप्रधानमन्त्रीकै हैसियतमा तानेर रक्षा मन्त्रालय आफैले राखेपछि विभिन्न कोणबाट विश्लेषण हुन थालेका छन् । 

कतिपयले यसलाई भारतसँगको सुरक्षा सम्बन्ध त कतिपयले सेनासँग मन्त्री पोखरेलको टसलसँग जोडेर पनि हेरेका छन् । हुन त प्रधानमन्त्रीको यो तजविज र अधिकारको कुरा नै हो । तर,आफ्नै विश्वासपात्र पोखरेललाई रक्षा मन्त्रालयबाट हटाउनुलाई भने राजनीतिक तथा सुरक्षा मामलाका जानकारहरुले अर्थपूर्ण रुपमा लिएका छन् । त्यसो त पोखरेल रक्षामन्त्री भएका बेला नेपाली सेनासँग त्यति सुमधुर सम्बन्ध पनि हुन सकेको थिएन ।

फास्ट ट्रयाक निर्माणबारे मन्त्री पोखरेलले सेनाको काम गराई सन्तोषजनक नभएको सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । त्यसक्रममा उनले सेनाको काम गराईलाई ‘लकिरका फकिर’ को तुलना गरेका थिए । मन्त्री पोखरेलको यो अभिव्यक्तिप्रति नेपाली सेनाले असन्तुष्टि जनाउँदै फास्ट ट्रयाक निर्माणमा भएको ढिलाई नेपाली सेनाका कारण मात्रै नभएर राजनीतिक रुपमा मिलाउनुपर्ने विषय भएको जवाफ दिएको थियो । 

‘नेकपाको यो सरकार सबैभन्दा बढि सेनामैत्री सरकार थियो र छ अहिले पनि । कट्वाल प्रकरणदेखि विद्या भण्डारी र केपी ओलीको पनि नेपाली सेनासँग सबैभन्दा निकट सम्बन्ध हो । यो सरकार बनेपछि पनि अधिकांश निर्णय सेनामैत्री नै गर्दै आएको हो’, पत्रकार समेत रहेका वाग्ले भन्छन्, ‘विगत केही समयदेखि रक्षामन्त्री र सेनापतिका बीचमा सुमधुर सम्बन्ध थिएन । त्यो सुमधुर सम्बन्ध नभएकाले प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रलाई पनि सहिद बनाएको देखिन्छ । जुन निकै अर्थपूर्ण छ ।’

त्यसपछि प्रधानसेनापति पूर्णचन्द्र थापाले मन्त्री पोखरेलले लगाएको आरोपप्रति प्रधानमन्त्री ओलीसँग बालुवाटार पुगेर गुनासो पोखेका थिए । नेपाली सेनाको यो असन्तुष्टिपछि रक्षा मन्त्री परिवर्तन हुनु अर्थपूर्ण रहेको सुरक्षा मामलाका जानकार गेजा शर्मावाग्ले बताउँछन् ।

‘नेकपाको यो सरकार सबैभन्दा बढि सेनामैत्री सरकार थियो र छ अहिले पनि । कट्वाल प्रकरणदेखि विद्या भण्डारी र केपी ओलीको पनि नेपाली सेनासँग सबैभन्दा निकट सम्बन्ध हो । यो सरकार बनेपछि पनि अधिकांश निर्णय सेनामैत्री नै गर्दै आएको हो’, पत्रकार समेत रहेका वाग्ले भन्छन्, ‘विगत केही समयदेखि रक्षामन्त्री र सेनापतिका बीचमा सुमधुर सम्बन्ध थिएन । त्यो सुमधुर सम्बन्ध नभएकाले प्रधानमन्त्री ओलीले आफ्ना विश्वासपात्रलाई पनि सहिद बनाएको देखिन्छ । जुन निकै अर्थपूर्ण छ ।’

शर्माले भारतका सेनापति मनोज मुकुन्द नरवाणे कात्तिकको तेस्रो हप्ता नेपाल भ्रमणमा आउनुअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गरेर रक्षा मन्त्रालय आफैमा राख्नुलाई भने संयोगका रुपमा मात्रै लिन सकिने बताए । तर नेपाली सेना कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको उनको भनाई छ ‘तर नेपाली सेना कति शक्तिशाली रहेछ भन्ने पुष्टि भएको छ’ शर्माको संकेत छ । 

राष्ट्रिय सुरक्षा परिषदमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी प्रधानमन्त्रीले रक्षाबाट पोखरेललाई हटाएर आफैले राख्नुमा भारतसँगको सुरक्षा सम्बन्ध भन्दा पनि आन्तरिक कारण रहेको बताउँछन् । 

नेपाली सेनाका पूर्वरथी डा.वालानन्द शर्मा प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्ने विषय नितान्त प्रधानमन्त्रीको भएको भन्दै यसबेला भएको पुनर्गठनमा रक्षा मन्त्रालय आफैले राख्नुमा नेपाल भारत रक्षा सम्बन्ध पनि जोडिएको हुनसक्ने बताउँछन् । ‘मन्त्रिपरिषद पुनर्गठनको कुरा पहिलेदेखि नै चलेको हो । उपयुक्त समय भएपछि प्रधानमन्त्रीले गर्नुभयो’, उनले रक्षा मन्त्रालय आफंैमा राख्नुलाई भने दुई देशबीचको रक्षा सम्बन्ध बढाउने प्रयासका रुपमा लिन सकिने बताए । 

‘नेपाल भारत दुई देशबीचको सुरक्षा सम्बन्ध सायद नेपालको इतिहासमै सबैभन्दा तल परेको अवस्था हो । यस्तो बेलामा सम्पूर्ण कार्यको जिम्मा प्रधानमन्त्रीले नै लिनुपर्ने हुँदा सायद उहाँ आफैले लिनुभएको जस्तो लाग्छ’, शर्माको भनाई छ । उनका अनुसार अरु कसैले बोलेर सम्बन्ध सुधार भयो भने जस लिन खोज्ने तर बिग्रियो भने अपजस प्रधानमन्त्रीमा आउने भएकाले पनि जसअपजस दुवै आफैले लिने गरेर प्रधानमन्त्री यो निर्णयमा पुगेको हुनसक्ने पौडेलको बुझाई छ । 

राष्ट्रिय सुरक्षा परिषदमा लामो समय काम गरेका नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी प्रधानमन्त्रीले रक्षाबाट पोखरेललाई हटाएर आफैले राख्नुमा भारतसँगको सुरक्षा सम्बन्ध भन्दा पनि आन्तरिक कारण रहेको बताउँछन् । 

‘सेना र मन्त्री पोखरेलबीच केही समयअघि आएको शक्ति संघर्षको कारण हुनसक्छ । यो कुरा खुलेआम देखिएको हो’, सिंहले रातोपाटीसँग भने, ‘यस्तो क्राइसिसको बेलामा सुरक्षासँग सम्बन्धित कुरामा बाधा ड्चन नआओस् आए फुकाइदिने काम होस्, राजनीतिक नेतृत्वसँग असमझदारी बढेका कुराहरुले भोलि अप्ठ्यारो नहोस् भन्ने हिसाबले समाधान गर्न खोजेको जस्तो लाग्छ ।’

सेना सञ्चलन गर्ने केही मूल्यमान्यताहरु परम्परासँग समेत जोडिएकाले नितान्त राजनीतिक रुपमा मात्रै चलाउन खोज्दा पर्ने असर र त्यसको रियाक्ट नपरोस् भनेर पनि प्रधानमन्त्री आफैले रक्षा मन्त्रालयको जिम्मेवारी राखेको हुनसक्ने भण्डारीको बुझाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप