बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीपी कोइराला प्रतिष्ठानमा थप चार संक्रमितको मृत्यु

बिहीबार, २९ असोज २०७७, ०९ : ५२
बिहीबार, २९ असोज २०७७

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप चार जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धरानका दुई जना, इटहरी र तेह्रथुमका एक–एक जना रहेका छन् ।

सुनसरीको धरान–९ की ४४ वर्षीया महिलाको गत असोज २७ गते संक्रमण पुष्टि भएको थियो । उनमा कुनै दीर्घ रोग थाहा नभएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै, धरान–९ कै ५८ वर्षीय पुरुषको पनि निधन भएको छ । उनमा गत असोज २५ गते संक्रमण पुष्टि भएको थियो ।

यता, इटहरी–२० का ७५ वर्षीया महिलाको पनि आज बिहान निधन भएको छ । उनमा गत २६ गते संक्रमण पुष्टि भएको थियो । तेह्रथुकमकी ३१ वर्षीया महिलामा गत १० गते संक्रमण पुष्टि भएकोमा आज बिहान उपचारको क्रममा निधन भएको हो । उनलाई मिर्गौलाको समस्या थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप