केन्द्रीय संस्करण
कोरोनाभाइरस

घरघरमा ‘अनियन्त्रित’ फैलिएको कोरोना संक्रमण : कहाँ चुक्यो नेपाल ? अब गर्ने के ?

कतै वरदान त कतै अभिशाप बन्यो लकडाउन, के यो समयको बर्बादी मात्रै हो ?

person explore access_timeअसोज २९, २०७७ chat_bubble_outline0

अन्वेषण अधिकारी/माया श्रेष्ठ

कोरोना संक्रमणको हिसाबले यतिखेर नेपाल अत्यन्तै कठिन  र संवेदनशील स्थितिको त्यो ज्वालामुखीमाथि खडा छ, जहाँ जुनसुकै बेला पनि महामारीको अनियन्त्रित विस्फोटन हुन सक्छ । त्यसो त अहिलेनै संक्रमण फैलिँदै जाँदा त्यो ‘अनियन्त्रित’ जस्तै बन्दै जान थालेको प्रतीत हुन थालेको छ । फैलिँदो महामारी, बढ्दो मृत्युदर र त्यसलाई सम्हाल्ने दिशामा सरकारका प्रयत्नहरु गतिहीन, दिशाहीन र मतिहीन जस्तै साबित भएका छन् । संक्रमणको बढ्दो दरलाई रोक्न सरकारले अपनाएका अप्रभावशाली कार्यशैली र अभिव्यक्त गरिरहेका लाचार भनाइहरुका आधारमा भन्न्दा अहिलेको स्थिति भनेको एक किसिमले सरकारले हात उठाइसकेको जस्तै स्थिति हो ।

एउटा महाभूल : लकडाउनलाई कोरोना नियन्त्रणको प्रभावकारी उपाय मानियो, ठानियो !

कोरोना महामारी नियन्त्रण गर्ने सवालमा सरकारको सोच र दृष्टिकोण लकडाउनको उपायलाई अचूक हतियार ठानेको देखियो । तर लकडाउन कोरोना संक्रमणको सिक्रीलाई अस्थायी रुपमा तोड्ने र त्यसबीच भविष्यमा आउने सम्भाव्य संकटका विरुद्ध जुघ्ने तयारीका लागि प्राप्त समयावधि मात्रै हो भन्ने कुरालाई सरकारले बोध गर्न सकेन । कोरोना नियन्त्रणको सन्दर्भमा लकडाउन एउटा उपाय त हुन सक्ला तर त्यो नै अन्तिम होइन, त्यसका साथसाथै, जनस्वास्थ्यका नियमहरुको कडाइका साथ पालना तथा संक्रमणको फैलावटका र प्रभावका आधारमा चलायमान र प्रभावकारी नीति मुख्य कुरा हो भन्ने तत्त्वबोध सरकारमा रहेका नेतत्वकर्ता तथा तिनका नीतिनिर्माता तथा सल्लाह दिनेहरुमा पटक्कै भएको देखिएन ।

२३ जनवरी २०२० मा चीनको ऊहानबाट लकडाउनको नौलो अभ्यास सुरु भएको थियो । आफ्नो निर्देशिका बाहिरको विषय भएपनि जनस्वास्थ्यको इतिहासमा यो अति महत्वपूर्ण कदम रहेको विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को ठहर थियो । यतिबेलासम्म चीनमा ६ सय २८ जना संक्रमित र १७ जनाको मृत्यु भइसकेको थियो ।

लकडाउनका बारेमा संसारका विभिन्न भागमा देखिएका नतिजाहरु र प्राप्त नजिताहरु फरक फरक छन् । जस्तो कि, युरोपमा गरिएको नयाँ अध्ययनले लकडाउनलाई ‘समयको बर्बादी’ भनेको छ । लकडाउन र महामारी नियन्त्रणबीचको वैज्ञानिक सम्बन्ध पुष्टि हुन नसकेको इङल्यान्डको नर्विचस्थित युनिभर्सिटी अफ इस्ट एन्जिला (युईए) को अध्ययन कार्यदलको ठहर छ । स्टे एट होम आदेशलाई खुकुलो गरेर होटल–रेस्टुरेन्टलगायत व्यापार–व्यवसाय सञ्चालनका लागि आदेश जारी गर्न यस प्रतिवेदनले सुझाव दिएको छ ।

यसअघि लण्डनमा गरिएको यस्तै अध्ययन प्रतिवेदनले विद्यालयसहित रेस्टुरेन्ट तथा होटलजस्ता अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न सरकारलाई सुझाव दिएको थियो, जसअनुसार प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा पनि गरे । तर, यसले महामारी नियन्त्रण गर्न नसकेको नयाँ अध्ययनको ठहर छ । ‘अध्ययनकर्ताहरु साँच्चै अचम्मित भए, जब उनीहरुलाई महामारी नियन्त्रणका लागि स्टे एट होम आदेश आवश्यक छैन भन्ने ज्ञान भयो । जब लकडाउनका दिनहरुसँगै संक्रमितका घटना पनि बढ्दै थिए,’ अध्ययन टोलीका सदस्य नर्र्विच मेडिकल स्कुलका डाक्टर जुल्ली ब्रेन्डयार्ड भने ।  विद्यालय बन्द गर्ने र भिडभाड कम गर्ने उपायले महामारी नियन्त्रणलाई केही हदसम्म रोकेपनि बालबालिकाहरुले वयस्कहरुलाई कोरोना सार्छन् भन्ने विषय अध्ययनबाट पुष्टि हुन नसकेको उनले बताए । त्यस्तै,  होटल–रेस्टुराँबाट फुड पोइजनिङजस्ता रोग फैलनसक्ने भएपनि कोरोना फैलन्छ भन्ने तर्क स्थापित हुन नसकेको अध्ययनकर्ताहरु बताउँछन् ।

२३ जनवरी २०२० मा चीनको ऊहानबाट लकडाउनको नौलो अभ्यास सुरु भएको थियो । आफ्नो निर्देशिका बाहिरको विषय भएपनि जनस्वास्थ्यको इतिहासमा यो अति महत्वपूर्ण कदम रहेको विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) को ठहर थियो । यतिबेलासम्म चीनमा ६ सय २८ जना संक्रमित र १७ जनाको मृत्यु भइसकेको थियो । एम्नेस्टी इन्टरनेशनलजस्ता पश्चिमी पर्यवेक्षक संस्थाहरुले सुरुवाती आशंका व्यक्त नगरेका होइनन्, लकडाउनले मानवअधिकार हनन हुनसक्ने उनीहरुको दाबीका बाबजुद चीनले यही विधिबाट महामारीलाई नियन्त्रणमा लियो । तर, कालान्तरमा उसलाई पछ्याएका अन्य धेरै देशहरु लक्ष्य हासिल गर्न संघर्षरत छन् ।

नेपाल : संक्रमण र लकडाउन

ऊहानमा लकडाउन गरिएको भोलिपल्ट १० माघमा नेपालमा कोरोनाको पहिलो संक्रमण पहिचान भएको थियो । २० पुसमा ऊहानबाट नेपाल आएका युवा २८ पुसमा स्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि चेकजाँचका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेका थिए । उनलाई अस्पताल भर्ना गरेर स्वाब लिइयो, कोरोना परीक्षण गर्ने प्रविधि नेपालमा नभएकाले ३ दिनपछि हङकङको ल्याबमा स्वाब पठाइयो, परीक्षण रिपोर्ट पोजेटिभ आउँदासम्म उनी अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

आवश्यकताभन्दा बढी सवारीका कारण सधैं जाम हुने काठमाडौंका सडक शुन्य देखिए,  एम्बुलेन्सलगायत केही अत्यावश्यक सवारीमात्रै सञ्चालनमा थिए । सडकका ठेला र फुटपाथ पसलेदेखि पाँचतारे होटलका सञ्चालकसम्म, ज्याला–मजदूरी गरेर जीवन धान्न काठमाडौं आएका सर्वसाधारणदेखि महंगो रकम खर्चिएर नेपाल घुम्न आएका पर्यटकसम्म प्रभावित भए ।

ठ्याक्कै दुई महिनापछि नेपालमा दोस्रो संक्रमितको पहिचान भयो, यतिबेलासम्म कोरोना विश्वव्यापी फैलिसकेको थियो । चीन, इटली र ईरान सबैभन्दा ठूलो चपेटामा थिए ।  फ्रान्स, जर्मनी, बेलायत, स्पेन बेल्जियम, अस्ट्रियालगायत धेरै युरोपेली तथा जापान, दक्षिण कोरियाजस्ता एशियाली देशमा लकडाउन भइसकेको थियो । ९ चैतबाटै अन्तर्राष्ट्रिय उडान बन्द गर्ने, भारतसँगको सीमाक्षेत्रमा स्वास्थ चेकजाँच गर्ने, १० चैतदेखि लामो दूरीका सार्वजनिक यातायत बन्द गर्ने, सरकारी तथा सामुदायिक कार्यालयमा अत्यावश्यकबाहेकका स्वास्थ सेवा बन्द गर्नेलगायत घोषणा गरेर सम्भावित संकटको घण्टी बजाएको सरकारले अन्तत ११ चैतबाट सिंगो देशलाई लकडाउन ग-यो ।

आर्थिक–सामाजिक क्षति

आवश्यकताभन्दा बढी सवारीका कारण सधैं जाम हुने काठमाडौंका सडक शुन्य देखिए,  एम्बुलेन्सलगायत केही अत्यावश्यक सवारीमात्रै सञ्चालनमा थिए । सडकका ठेला र फुटपाथ पसलेदेखि पाँचतारे होटलका सञ्चालकसम्म, ज्याला–मजदूरी गरेर जीवन धान्न काठमाडौं आएका सर्वसाधारणदेखि महंगो रकम खर्चिएर नेपाल घुम्न आएका पर्यटकसम्म प्रभावित भए ।

स्वास्थ्य संस्था र केही अत्यावश्यक सेवाबाहेक स्कुल, सरकारी कार्यालय, होटल–रेस्टुरेन्ट, पसललगायत अन्य सबै सेवाहरु बन्द भए, आम सर्वसाधारणले लामो समयदेखि पत्रपत्रिका, टिभी र इन्टरनेटमार्फत देखे–सुनेको लकडाउन अब आफैं भोगे । झन्डै ५० दिनसम्म देश ठप्प भयो । २९ जेठमा सरकारका तत्कालीन प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले लकडाउन खुकुलो गरेर जोर–बिजोर प्रणालीमा निजी यातायात सञ्चालन गर्न दिइने घोषणा गर्दासम्म नेपालमा कुल संक्रमित संख्या ४ हजार ५ सय नाघिसकेको थियो, मृतक संख्या १५ पुगिसकेको थियो ।

केही समयमै संक्रमित संख्या ह्वात्तै बढेपछि हटस्पटहरु पहिचान गरेर सरकारले फेरि स्थानीयस्तरमा लकडाउन गर्न थाल्यो । ३ भदौदेखि तीन सातासम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा फेरि लकडाउन गरियो । लकडाउनबाट सिर्जित व्यापार–घाटा, बेरोजगारी, त्रास, र मानसिक समस्यासँग जोडिएका धेरैखाले समस्याले सर्वसाधारण प्रताडित भइरहेका छन् । तर, जुन लक्ष्यका साथ लकडाउनको गरिएको थियो, त्यो पूरा भएन । दुई जना संक्रमित पहिचान हुँदा लकडाउन भएको देशमा विगत ६ महिनाभित्र १ लाखभन्दा धेरै संक्रमित थपिएका छन् ।

के भन्छन् विज्ञ ?

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी नेपालको लकडाउनलाई बेमौसमी बाजा भन्छन् । ‘सरकारले बेमौसमी बाजा बजायो । जतिबेला लकडाउन गरिएको थियो, त्यतिबेला यो आवश्यक थिएन । लकडाउन होइन, जनस्वास्थको मापदण्ड कसरी पालना गर्ने भन्नेबारे सचेतना फैलाउन आवश्यक छ । परीक्षणको दायरा फराकिलो बनाउँदै संक्रमितहरुको पहिचान गर्नुपर्छ,’ उनी भन्छन्, ‘यसबारे लकडाउनको समयमा राज्यले वृहद तयारी गर्नुपर्ने थियो । तर, यहाँ स्थानीय सरकारले प्रदेश तथा प्रदेशले केन्द्र सरकारसँग समन्वय गरेको देखिएन ।’

जनस्वास्थविद् डाक्टर समीरमणि दीक्षितका अनुसार पर्याप्त तयारी गर्न सरकार चुक्दा लक्ष्य हासिल हुन सकेन । ‘परीक्षण दायरा दैनिक १४ हजारभन्दा माथि पुगेको छ । तर यो पर्याप्त होइन । कोरोना परीक्षणको दायरा बढाउने, नाकामा कडाइ गर्ने, कन्ट्याक्ट टेसिङ गर्ने काममा लकडाउनकै समयमा राज्यले तयारी गरेको भए यसरी घर–घरमा संक्रमण पुग्ने थिएन,’ उनी भन्छन् । भारतसँगको सीमा क्षेत्र हुँदै स्थलमार्गबाट भित्र्एिका व्यक्तिहरुको कन्ट्याट ट्रेसिङ र उचित व्यवस्थापनमा सरकार चुक्दा समुदायस्तरमा संक्रमण फैलाएको उनी बताउँछन् । ‘भारतबाट आएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखियो । तर, क्वारेन्टाइन व्यवस्थित थिएन, जसकारण कति मानिस त्यहाँबाट भागे । संक्रमित, शंकास्पद र लक्षण नदेखिएकाहरुलाई एउटै ठाउँमा राख्दाको परिणाम उल्टो आयो । क्वारेन्टाइन बसेकाहरुको परीक्षणको रिपोर्ट समयमै नआउँदा स्थानीय तहले उनीहरुलाई चाडैं घर पठाइदिए,’ उनले भने ।

‘भारतमा महामारी नियन्त्रण नभएसम्म नेपालमा संक्रमण  कम हुने सम्भावना नरहेकाले स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्नेमाथि कडाई गर्नुपर्ने र केन्द्र, प्रदेश तथा स्थानीय तहगरी तीनवटै तहमा स्वास्थ सेवा प्रवाहका लागि विभाग गठन गर्नुपर्ने’ डाक्टर मरासिनीकोे सुझाव छ । छिमेकी भारतमा पनि लकडाउनबारे बहस भइरहेको छ । ५ सय ३६ जनामा कोरोना भाइरस पुष्टि भएपछि भारतले आफ्नो १ अर्ब ३० करोडभन्दा धेरै जनसंख्यालाई लकडाउनमा राखेको थियो । जुनको सुरुवातमा लकडाउन खुकुलो गर्दासम्म त्यहाँ १ लाख ९८ हजारमा संक्रमण फैलिसकेको थियो । अहिले संक्रमित संख्या ७२ लाख र मृतक संख्या १ लाख १० हजार नाघिसकेको छ । अमेरिकापछि विश्वमा सर्वाधिक धेरै जनसंख्या भारतमै संक्रमित छ ।

जनस्वास्थका मापदण्डबारे जनचेतना फैलाउने र परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाउने नियम लागु गर्नुपर्ने सुझाव डाक्टर मरासिनीले दिएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन देशको भूगोल, राजनीतिक व्यवस्था र संस्कृतिले लकडाउनमा ठूलो अर्थ राख्ने बताउँछन् ।

नेपालझैं यहाँ पनि सरकारले तोकेका अस्पतालहरुमा चेकजाँच गराउन आउनेहरुको भीड व्यवस्थापन हुन सकेको छैन, जसकारण परीक्षण गर्न जाँदा उल्टै कोरोना बोकेर फर्कनुपर्ने जोखिम छ । न कोरोना घटेको छ, न कोरोनाको त्रास नै । ‘लकडाउनबाट के गुम्यो ? के मिल्यो ?’ शीर्षकमा वरिष्ठ चिकित्सक डाक्टर आर कुमारले भारतीय पत्रिका अमर उजालामा लेखेका छन्, ‘संक्रमण रोक्नका लागि निश्चित अवधिसम्म लकडाउन आवश्यक थियो होला । तर, सामुदायिक स्वास्थ सेवकको साटो सार्वजनिक स्वास्थ उपाय लागु गर्नका लागि पुलिसलाई जिम्मेवारी दिइएकाले स्थिति भयावह बन्यो । सबैभन्दा धेरै जरुरी सार्वजनिक स्वास्थ शिक्षाको थियो, तर महामारीको बहानामा यस मुद्दालाई दबाइयो । मानवअधिकारको उल्लंघनको एउटा शैली स्थापना हुनपुग्यो । जस्तो, मनलाग्दी रोकतोक, लाठीचार्ज, प्रतिबन्ध, भेदभाव, अस्पतालद्वारा भर्ना लिन अस्वीकार, उपेक्षा, उदासिनता आदि । यसको मार गरिब जनतामा धेरै प-यो । सामाजिक दूरीका कारण गरिब र प्रवासी श्रमिकहरु मजदूरी, भोजन र पानीबाट बन्चित हुनप-यो ।’

डाक्टर आर कुमारका अनुसार निजी अस्पतालहरुले महामारीलाई पीडितको शोषण गर्ने माध्यम बनाएका छन् । कोभिडइतरका बिरामीहरु रोग दबाएरै बस्न बाध्य छन् । उनको प्रश्न छ, ‘गैर–कोभिड बिरामीहरुका लागि धेरै अस्पतालहरुको ढोका बन्द छ । उपचारको अभाव र खोप लगाउने सुविधा नहुँदा टिबी, मलेरिया, हेपाटाइटिस, हैजा, डेंगु, टाइफाइड, निमोनिया, डायरिया, एड्स र हेरचारबिनाकै प्रसव अवस्थाका कारण लाखौं मानिसहरुको मृत्यु हुनसक्छ । मधुमेह, उच्च रक्तचाप, न्युरोलोजिकल र किड्नीका समस्या, दम र स्वासप्रश्वासका रोगी, मानसिक समस्या, ग्यास र टाउको दुखाइ, अल्सरलगायत अन्य पुराना समस्याहरु बढ्ने आशंका छ । के यसले स्वास्थ्य अवस्थामा असर गर्दैन ?’

नेपालको हकमा व्यवस्थापनका लागि अझै ढिलाइ भइनसकेको डाक्टर दीक्षित बताउँछन् । ‘कोरोना संक्रमण नियन्त्रणका लागि समय बितिसकेको छैन । समुदायमा संक्रमण फैलिए तापनि अब परीक्षणको दायरालाई फराकिलो बनाएर जोखिमयुक्त समुदायलाई पहिचान गर्न राज्य लाग्नुपर्छ । संक्रमित पहिचान गरेर दीर्घरोगी र वृद्धावृद्धसम्म संक्रमितलाई पुग्न दिन भएन । पिसिआरभन्दा सस्तो शुल्कमा कोरोना परीक्षण गर्न सकिने अन्य विधिहरु पनि छन्, यसलाई पहिल्यै भित्र्याउन राज्य लाग्नुपर्ने थियो ।’

जनस्वास्थका मापदण्डबारे जनचेतना फैलाउने र परीक्षणको नेगेटिभ रिपोर्ट देखाएर मात्रै एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न पाउने नियम लागु गर्नुपर्ने सुझाव डाक्टर मरासिनीले दिएका छन् । सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन देशको भूगोल, राजनीतिक व्यवस्था र संस्कृतिले लकडाउनमा ठूलो अर्थ राख्ने बताउँछन् ।

‘विश्वमा प्रायः कोरोना महामारी फैलिएपछि ३ खाले लकडाउन भएका छन् । चीनको ऊहानमा गरिएको लकडाउन र अमेरिका गरिएको लकडाउन फरक प्रकृतिको थियो । राजनीतिक सुझबुझ र सामाजिक व्यवस्थाका आधारका लकडाउन फरक–फरक छ । चीनले कडा रुपमा लकडाउनलाई लागु ग-यो भने अमेरिकीहरुले स्वतन्त्रता खोजेजस्तो देखिन्थ्यो । जापानलगायत देशमा जनता आफैं अनुशासित भएको देखियो,’ उनले भने, ‘संस्कृतिले पनि महामारीमा ठूलो अर्थ राख्ने रहेछ । जस्तो, घरबाट टाढा नगए पनि सामुहिक रुपमा तीज मनाउँदा संक्रमण फैलिएको घटना हाम्रोमा भेटियो । अन्य देशको भन्दा पृथक संस्कृति, कसैले बोलाउँदा नाई भन्न नसक्ने स्वभावलगायतले पनि नेपालमा संक्रमण बढाउन भूमिका खेल्यो । कोरोना संक्रमणबाट बँच्नका लागि औषधि, खोप विकास नभएको अवस्थामा हामी आफै सजग हुन जरुरी छ ।’

चीनको सफलताले स्पष्ट सन्देश दिएको छ– ‘संक्रमितको पहिचान गरेर आइशोलेट गर्न तथा भविष्यमा आउन सक्ने समस्याबारे योजना बनाउन र पूर्वतयारी गर्न निश्चित अवधिका लागि लकडाउन गर्नु जायज हुनसक्छ । तर, योमात्रै कोरोना नियन्त्रणको अचुक औषधी होइन ।’

सरकार र जनता दुवै सजग हुन आवश्यक

ऊहानमा महामारी फैलँदा नयाँ वर्ष नमनाउन चीन सरकारले गरेको निर्देशनलाई जनताले अनुशासित भएर पालना गरेका थिए । सरकारले पनि यस अवधिमा कन्ट्याक्ट ट्रेसिङ, आइशोलेसन सेन्टर र कोरोना विशेष अस्पतालको स्थापनालगायत काममा उदाहरणीय सफलता हासिल ग-यो । फलस्वरुप, ७६ दिनपछि लकडाउन खुकुलो हुँदा ऊहानमा भाइरस झन्डै नियन्त्रणमा आइसकेको थियो । चीनले यस अवधिमा तीन प्रमुख काम ग¥यो – एक, ऊहानबाट अन्य शहरमा महामारीका रुपमा कोरोना फैलन दिएन, दोस्रो ऊहानमै यसलाई नियन्त्रणमा ल्यायो, तेस्रो भविष्यमा फेरि महामारीको लहर आउनसक्ने सम्भावनालाई ध्यानमा राखेर आवश्यक तयारी ग¥यो । फलस्वरुप, १३ फेब्रअरीमा एकैदिन सर्वाधिक १५ हजारभन्दा धेरैमा संक्रमित फेला परेको चीनमा पछिल्लो आँकडाअनुसार सक्रिय संक्रमितको संख्या केवल २ सय २८ छ, यसमध्ये पनि स्थानीयस्तरमा संक्रमण न्युन छ, अधिकांश संक्रमण विदेशबाट आउनेहरुमा देखिएको छ । त्यसैले, यहाँको जनजीवन झन्डै सामान्य अवस्थामा फर्किइसकेको छ र महामारीले केही समय सुस्त बनेको अर्थतन्त्रलाई चलायमान बनाउन चीनले विदेशी लगानी भित्र्याउने पहल थालिरहेको छ । गत महिना २० वटा विदेशी कम्पनीका कार्यकारीहरुले ऊहान शहरको भ्रमण गरेका थिए । ‘ऊहान सुरक्षित शहर हो । विदेशी लगानीका लागि यो खुला छ,’ हुवेई प्रान्तस्थित कम्युनिष्ट पार्टीका महासचिव यिङ योङले भनेका थिए ।

चीनको सफलताले स्पष्ट सन्देश दिएको छ– ‘संक्रमितको पहिचान गरेर आइशोलेट गर्न तथा भविष्यमा आउन सक्ने समस्याबारे योजना बनाउन र पूर्वतयारी गर्न निश्चित अवधिका लागि लकडाउन गर्नु जायज हुनसक्छ । तर, योमात्रै कोरोना नियन्त्रणको अचुक औषधी होइन ।’

दक्षिण एशियाली देश भूटानको सफलता पनि प्रेरणादायी छ । भूटानले भारतसँगको सीमा क्षेत्रमा कडाइ गर्ने, कन्ट्याट टे«सिङ गर्ने अनि व्यवस्थित रुपमा नागरिकहरुलाई क्वारेन्टाइन गर्ने तरिका अबलम्बन गरेकाले महामारी नियन्त्रणबाहिर गएन । यहाँ, कुल ३ सय १३ संक्रमितमध्ये २० जनामा मात्रै सक्रिय संक्रमण छ, अहिलेसम्म कोरोनाले कसैको ज्यान लिएको छैन । न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानडा, आइसल्यान्ड, दक्षिण कोरिया, सिंगापुर, भियतनाम, जापानलगायत देशहरुले पनि कोरोना नियन्त्रणमा उदाहरणीय प्रयास गरेका छन् र तद्अनुरुप सफलता पनि हासिल गरेका छन् ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.