शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मास्क प्रयोग र भिडभाड नियन्त्रणले संक्रमणमा ७५ कमी

बिहीबार, २९ असोज २०७७, ११ : ३८
बिहीबार, २९ असोज २०७७

मास्कको अनिवार्य प्रयोग, केही निश्चित व्यवसाय बन्द र कोभिड–१९ नियन्त्रणका अन्य रणनितिहरुको प्रयोगले अरिजोनामा नोबेल कोरोना भाइरसको फैलावट ७५ प्रतिशतले कम गरेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को नयाँ रिपोर्टले देखाएको छ । 
तर जतिबेला जुनको सुरुवातमा स्टे–होम अर्डर खुकुलो गरियो, तब यस्ता नियमहरु सार्वजनिक स्थलमा कार्यान्वयन भएन । त्यसयता, कोभिड–१९ को संक्रमण  दुई साताभित्रै १ सय ५१ प्रतिशतले बढेको अध्ययनले देखाएको छ । 
‘बढ्दो प्रमाणहरुले देखाएअनुसार मास्क लगाउनेलगायत दिर्घकालिन नियन्त्रणका योजनाको बिस्तारित कार्यान्वयनले कोभिड १९ को फैलावट रोक्नसक्छ,’ रिपोर्टमा अध्ययनकर्ताहरुले लेखेका छन् । 

अरिजोना स्वास्थ विभाग (एडिएचएस)का अनुुसार यस राज्यमा अहिले २ लाख २७ हजारभन्दा धेरैमा संक्रमण देखिइसकेको छ भने ५ हजार ७ सयभन्दा धेरैको मृत्यु कोरोनासँग सम्बन्धित समस्याका कारण भइसकेको छ ।
११ मार्चमा अरिजोनाले कोभिड १९ सँग जुध्नका लागि स्वास्थ संकटकाल घोषणा गरेको थियो र ३१ मार्चमा  एडिएचएसले स्टे–होम अर्डर जारी गरेको थियो । 
अप्रिलको सुरुवातदेखि मेइको मध्यसम्म  दैनिक संक्रमित हुनेको संख्या १ सय ५४ देखि ४ सय ४३ जनासम्म थियो ।  २९ अप्रिलबाट अरिजोनामा स्टोर, रेस्टुरेन्टलगायत धेरै व्यवसायहरु खुल्न थालेका थिए र १५ मेइबाट स्टे–होम अर्डर समाप्त भयो । 
१ जुनमा औसत संक्रमित संख्या दैनिक ८ सय ८ पुगिसकेको थियो । १५ जुनमा यो संख्या २ हजार २६ पुग्यो । ‘१७ जुनमा राज्य सरकारले स्थानीय सरकायस अवधिमा मास्कको प्रयोग अनिवार्य गरिएको थिएन, रिपोर्टमा भनिएको छ । १७ जुनमा राज्य सरकारले मास्क  अनिवार्य गर्ने अधिकार स्थानीय सरकारहरुलाई दिएको थियो ।  

त्यसयता, अरिजोनामा कोभिड १९ नियन्त्रणका लागि सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै व्यक्ति जम्मा हुन पाउने,बार, जिम, सिनेमा हल, वाटरपार्कजस्ता स्थल बन्द गर्नेलगायत सामाजिक दूरी अबलम्बन प्रयास भए । 
अरिजोनामा २९ जुनदेखि २ जुलाईसम्म कोरोनाको संक्रमण उच्च रह्यो, यतिबेला दैनिक ४ हजार १ सय ४८ देखि ४ हजार ३ सय ७७ जनामा नयाँ संक्रमण देखियो । झन्डै १० दिनसम्म स्थिर रहेकोे योअवस्था जुलाई १३ देखि झर्न थाल्यो । रिपोर्टअनुसार ७ अगस्टसम्म आइपुग्दा नयाँ संक्रमितको संख्या ७५ प्रतिशतले कम भइसकेको थियो । 

अगस्टभर नियन्त्रणका यी मापदण्डहरु प्रयोगमा ल्याइए । 
‘कुनै एक मापदण्डभन्दा स्वेइच्छा र बाध्यकारी मापदण्डहरुको संयोजन निकै प्रभावकारी हुने देखियो,’ अध्ययनकर्ताले रिपोर्टमा लेखेका छन्, ‘यस्ता मापदण्डहरुलाई अनिवार्य गर्ने नीतिले प्रभावकारी रुपमा शारिरीक दूरी बढाउँछ र मास्कको प्रयोगले सार्स–कोभ २ को फैलावट नियन्त्रण गरेको छ ।’

‘कोभिड–१९ को फैलावट कम गर्न समुदाय र व्यक्तिले यस्ता मापदण्डहरु अबलम्बन गर्नुपर्छ, विशेषगरी त्यतिबेलासम्म जतिबेलासम्म औषधि वा खोप वृहत्तर रुपमा उपलब्ध हुँदैन,’ अध्ययनकर्ताहरुको ठहर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप