शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रेड एप्रोन : जहाँ पाइन्छ एउटै छानामुनि ६० किसिमका मासुजन्य उत्पादन

दसैँमा घरघरमा खसी डेलिभरी
बिहीबार, २९ असोज २०७७, १५ : २७
बिहीबार, २९ असोज २०७७

काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित हर्षचोक र बालकोटमा चिटिक्क परेका दुईवटा मासु पसल छन् । नाम हो– ‘रेड एप्रोन ।’ बट्टाईदेखि कालिजसम्मका मासु एकै छानामुनि पाइने सो पसलको आफ्नै पौरखको कथा छ । रेड एप्रोन कोही करोडपति ब्यापारीको लगानीबाट सुरु भएको होइन । बरु विदेशमा वर्षौं पसिना बगाएर फर्केका युवाले आफ्नै माटोमा सुरु गरेको स्वरोजगार व्यवसाय हो । जहाँ थप १० जनाले रोजागारी पाएका छन् । 

रेड एप्रोनका प्रोप्राइटर हुन् सिन्धुलीका सन्तोष थापा र पुरुषोत्तम थापा । स्नातकोत्तरसम्म पढलेख भएका पुरुषोत्तम ईपीएस भाषा परीक्षा पास गरेर कोरिया गएका थिए । सन् २०१३ देखि कोरियामा पसिना बगाएका उनी पाँच वर्षपछि नेपाल फर्किए । 

सन्तोषले ८ वर्ष दुबईमा पसिना बगाए । दुबईमा पोल्ट्री फर्ममै काम गरेका उनले त्यो सीपलाई नेपालमै पौरख गर्ने निधो गरे । दुवैको सल्लाहपछि ०७६ मङ्सिरमा खुल्यो– ‘रेड एप्रोन ।’ 
‘मासुजन्य सबै कुरा एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले हामीले यो ब्यापार सुरु गरेका हौँ’ सन्तोष थापाले रातोपाटीसँग भने– ‘धेरै परिकारका हाइजेनिक मासु एकै छानामुनि उपलब्ध गराउने हाम्रो मुख्य लक्ष्य छ ।’  
पुरुषोत्तम र सन्तोषले विदेशबाट कमाएर ल्याएको ८० लाख रुपैयाँ हर्षचोक र बालकोटका दुईवटा पसलमा लगानी गरेका छन् । 

बट्टाईदेखि बँदेलसम्म
रेड एप्रोन मिट सपमा एकै छानोमुनि सबैभन्दा सानो बट्टाईदेखि बँदेलसम्मका मासु पाइन्छ । खसी, बोका, च्याङ्ग्रा, कालिज, कडकनाथ (कालो कुखुरा) टर्की, अस्ट्रिच, लौकाट र ससेजसहित ६० प्रकारका मासुजन्य उत्पादन पाइन्छ । 


‘एकै छानामुनि सबै प्रकारका मासुजन्य पदार्थ ग्राहकलाई दिनु नै हाम्रो मुख्य लक्ष्य हो’ सञ्चालक पुरुषोत्तम थापाले भने– ‘ससेज र सुकुटी पनि आयात गरेर बेच्ने गरेका छौँ ।’ 
स्वास्थ्यका लागि राम्रो मानिने कडकनाथको कालो मासु, सेतो मासुका लागि प्रसिद्ध टर्की र दाङको प्रसिद्ध बँदिया भाले काठमाडौँका सीमित ठाउँमा मात्र पाइन्छ । तर ती उत्पादनको अभाव रेड एप्रोनमा कहिल्यै हुँदैन । माछाका परिकार पनि यहाँ पाइन्छ । बासा, ट्राउट र साल्मन माछा २४सै घण्टा उपलब्ध हुने बताउँछन् सञ्चालक सन्तोष थापा ।
 खसी–बोका र लोकल कुखुरा उनीहरुले सिन्धुली, रामेछाप, उदयपुर, पोखरा र प्युठानबाट ल्याउँछन् । 

‘कालिज चाहिँ भक्तपुरको गुण्डुस्थित फर्मबाट ल्याउँछौँ’ पुरुषोत्तमले भने– ‘सोझै किसानकहाँ गएर खरिद गर्छौं, हाम्रो ब्यापारमा बिचौलियालाई प्रवेश निषेध छ ।’ 
अन्यत्र १३ सय रुपैयाँ पर्ने खसीको मासु रेड एप्रोनमा १२ सय ५० रुपैयाँमा पाइन्छ । बँदेल प्रतिकेजी १२ सय, टर्की प्रतिकेजी १ हजार, लोकल कुखुरा ७ सय र कालिज प्रतिकिलो ३ हजार ८ सयमा पाइन्छ ।  
डगफुड (मासु पेलेर कुकुरका लागि तयार गरेको), लोकल कुखुरा, टर्की र हाँसको अण्डा पनि यहाँ पाइन्छ । ‘मासु किनेपछि डगफुड र अण्डा किन्न अन्यत्र जानु पर्दैन’– सन्तोषले रातोपाटीसँग भने । 

दसैँ अफर : घरघरमा खसी 
फोहोर र किटाणु सङ्क्रमण हुनसक्ने जोखिमबाट रेड एप्रोलाई मुक्त गरिएको छ । पारदर्शी फ्रिजमा राखेर ‘मासु डिस्प्ले’ गरिन्छ । २० वर्षदेखि मासु काट्ने र तयार गर्ने क्षेत्रमा काम गरेका कामदारले मासु तयार गर्छन् । क्वालिटीमा कम्प्रमाइज नगर्ने ‘ब्राण्ड’को रूपमा रेड एप्रोनलाई स्थापित गर्न खोजेको बताउँछन् सञ्चालक मध्येका पुरुषोत्तम थापा । 

रेड एप्रोनले घरआँगनमा आउँदै गरेको दसैँ लक्षित अफर ल्याएको छ । ‘दसैँमा विशेष छुटमा घरघरमा खसी डेलिभरी दिन्छौँ’ पुरुषोत्तमले भने–‘यो दसैँमा गाउँको लोकल खसीको स्वाद काठमाडौँमा चखाउने विचार गरेका छौँ ।’ 
तयारी मासु डेलिभरीका गर्ने विशेष गाडी छ । जहाँ फ्रिज जडान गरिएको छ । नेपालका नाम चलेका सेकुवा कर्नर र होटलमा मासु सप्लाई गर्ने रेड एप्रोनलाई ५ वर्षमा कम्तीमा १० ठाउँमा विस्तार गरिने बताउँछन् सञ्चालक सन्तोष । 

उनी भन्छन्– ‘भक्तपुरबाट अब काठमाडौँमा शाखा विस्तार गर्दै छौँ, घरघरमा ताजा मासु डेलिभरी दिन्छौँ, क्वालिटीमा सम्झौता हुन्न ।’ मासु पसलमा काम गर्नेहरु रातो एप्रोन लगाएर काम गर्छन् । हाइजेनिक र सुरक्षित भन्ने अर्थमा पसलमा नाम राखियो– ‘रेड एप्रोन ।’ 

ग्राहकले आफ्नो इच्छाअनुसार जिउँदो खसी र कुखुरा तयार गर्न लगाएर पनि लान सक्छन् । शनिबार भाग लगाएको खसीको मासु यहाँ पाइन्छ । तयारी मासु मात्रै हैन पकाएको मासुका परिकार पनि चखाउन सन्तोष र पुरुषोत्तमले सुरु गर्दैछन्–‘रेड एप्रोन किचेन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप