शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघ्यो

बिहीबार, २९ असोज २०७७, १७ : ०४
बिहीबार, २९ असोज २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड -१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ । आज ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९ सय ३५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यो सँगै देशभरी कूल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।

आज संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ७ सय ९३, प्रदेश नम्बर २ मा, बागमती प्रदेशमा  ७ हजार ७ सय ९ र गण्डकी प्रदेशमा ७ सय ११ जना रहेका छन् । त्यस्तै लुम्बिनी प्रदेशमा १ हजार ६ सय ३७, कर्णाली प्रदेशमा ४ सय ९७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३५ जना गरी देशभरी १२ हजार ३ सय ३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ हजार ४२, प्रदेश नम्बर २ मा ६ सय ४१, बागमती प्रदेशमा  १५ हजार २ सय २८ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा २ हजार १ सय १७, कर्णाली प्रदेशमा ६ सय ४३ र सुदूरपश्चिम प्रदेशमा ६ सय ८१ जना गरी देशभरी २४ हजार १ सय ९४ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

आज ३ हजार ५ सय ६४ जना डिस्चार्ज भएसँगै आजसम्म देशभर ८४ हजार ५ सय १८ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ । आज एकैदिन १९ जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय ९४ पुगेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप