बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा नगरपालिकाको स्कुटी जलाउने ४ जना विरुद्ध मुद्दा

बिहीबार, २९ असोज २०७७, १८ : २४
बिहीबार, २९ असोज २०७७

केही दिनअघि प्रदेश राजधानीको विषयलाई लिएर विरोध प्रदर्शन गर्दै सरकारी स्कुटी जलाउने कार्यमा संलग्न भनिएका ४ जना युवकविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले बुटवल–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षका रोशन थापा, तिलोत्तमा नगरपालिका २ बस्ने २८ वर्षीय सन्दिप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने ३० वर्षका सुरज क्षेत्रीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको हो ।


उनीहरुमाथि रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ प २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रो गरेको अभियोगमा  कारबाही अघि बढाइएको प्रहरीको भनाई छ । उनीहरुले गत असोज १६ गते बुटवल–११ देवीनगरको होराईजन चोकमा सरकारी स्कुटी जलाएका थिए । उनीहरुलाई अपराधिक उपद्रवको मुद्दा दर्ता गरी कानुनी दायरामा ल्याई अनुसान्धान सुरु गरिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवत्ता डिएसपी खड्गबहादुर खत्रीले बताए ।
यसैबीच, प्रहरीको स्कुटर रोकी धाकधम्की दिने अन्य २ जना युवालाई पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप