मासु पसलको अनुगमन
भक्तपुरमा सञ्चालनमा रहेका अधिकांश मासु पसल अत्यन्तै फोहोर र मूल्यमा उपभोक्ता ठगी गरेको पाईएको छ । दशैंलाई लक्षित गरी भक्तपुर नगरपालिकाले आज यहाँका मासु पसल एवं मासु काट्ने ठाउँको अनुगमनमा व्यवसायीहरुले जथाभावी मुल्य राखी उपभोक्ता ठग्ने र बासी कुहिएको मासु विक्री गरेको तथा बधस्थलहरु अधिकांश फोहर रहेको पाईएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए ।
।
अनुगमन टोलीले दर्ता नगरी सञ्चालित हरिकृष्ण शाहीको राँगोको मासु पसलमा विग्रेको, बासी र कुहिएको मासु बिक्री गरेको पाईएपछि १० किलो मासु जफत गरी नष्ट गरेको र तत्काल दर्ता गर्न निर्देशन दिएको छ ।
अनुगमनमा पसल सञ्चालकलाई ढक, तराजु नापतौल विभागमा नविकरण गर्न, सेतो एप्रोन प्रयोग गर्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न र मासु काट्न प्रयोग गरिने औजारहरु, भाँडावर्तन सफा राख्न, मुल्य सूची राख्न, ससेज्को लेबलमा उत्पादन मिति र म्याद नाघेको मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको अनुगमन समितिका रामकृष्ण प्रजापतिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)
-
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबिच आज द्विपक्षीय वार्ता, विभिन्न सम्झौतामा हस्ताक्षर हुने