बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

छोरीको मिल्ने साथीको बलात्कारपछि घाँटी थिचेर हत्या, उखुबारीमा शव फेला

बिहीबार, २९ असोज २०७७, १९ : ५७
बिहीबार, २९ असोज २०७७

काठमाडौँ । रौतहटको वृन्दावन नगरपालिका–४ स्थित मामाघर बस्दै आएकी १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह तेली छन् ।

तेलीले असोज १६ गते आफ्नै छोरीकी मिल्ने साथीलाई बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहट र २ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले गरुडा नगरपालिका–४ बाट पक्राउ गरेको हो । 

२ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख धीरजप्रताप सिंहका अनुसार तेलीले १६ असोजमा घाँस काट्न गएकी बालिकालाई ललाईफकाई उखु खेतमा लगेर बलात्कारपछि हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । 

बालिकाले अरूलाई भन्ने र अन्यले थाहा पाउने डरले हातले घाँटी थिची हत्या गरेर तेली फरार भएका थिए । सिंहकाअनुसार बलात्कारपछि बालिका बेहोस भएको र उनले अरुलाई भन्दिन्छिन् भनेर घाँटी थिचेर मारेको बयान तेलीले दिएका छन् । 

१६ गते शुक्रबार बिहान ९ बजे बालिका गाईवस्तुको लागि घाँसपात लिन स्थानीय होसनारायण यादवको उखु खेतमा गएकी थिइन् । सोही दिन साढे ४ बजे यादवको खेतमा ती बालिकाको शव फेला परेको थियो । 

बालिका मृत अवस्थामा फेला परेपछि स्थानीय सुखल राय यादवका १० वर्षीय छोरा अखिलेश यादवले देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । बालिका तेलीको घरमा पहिलेदेखि नै आउने÷जाने गर्ने गर्थिन् । 

मृतक बालिका गढिमाई नगरपालिका–१ समनपुर टोलकी हुन् । उनी सानै उमेरदेखि बृन्दावन नगरपालिका–४ स्थित बाजेको घरमा बस्दै आएकी थिइन् ।

पक्राउ परेका तेली माथि थप अनुसन्धान गर्न रौतहट जिल्ला अदालतबाट १५ दिन म्याद थप गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप