शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पन्जाबविरुद्ध ब्याटिङमा बेंगलोर  : आजको खेलमा क्रिस गेल पनि मैदानमा

बिहीबार, २९ असोज २०७७, २० : १६
बिहीबार, २९ असोज २०७७

काठमाडौं ।  युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)  ३१ औं खेलमा किंग्स इलेभेन पन्जाबविरुद्ध रोयल च्यालेन्जर्स बेंगलोरले ब्याटिङ गरिरहेको छ । शारजाह क्रिकेट स्टेडियममा टस जितेको बेंगलोले  पहिला ब्याटिङ रोजेको हो । पन्जाबले टोलीमा आज तीन परिवर्तन गरेको छ । पन्जाबले ओपनर क्रिस गेललाई आजको खेलमा मौका दिएको छ । गेललाई खेलाउँदा पन्जाबले स्पिनर मुजिब उर रहमानलाई बेन्चमा राखेको छ ।

मनदीप सिंहको स्थानमा दिपक हुडा र प्रभशिम्रन सिंहको स्थानमा मुरुगुन आश्विनलाई मैदानमा उतारेका् छ । पन्जाबको प्लेइङ ११ मा कप्तान तथा विकेटकिपर लोकेश राहुल , मंयक अग्रवाल, दिपक हुडा, अर्शदीप सिंह, ग्लेन म्याक्सवेल, निकोलस पूरन, मुरुगन आश्विन, क्रिस गेल, रबि बिश्रोई, मोहम्मद शामी र क्रिस जोर्डन रहेका छन् । 

बेंगलोरले भने टोलीमा परिवर्तन गरेको छैन । बेंगलोरको प्लेइङ ११ मा  कप्तान विराट कोहली, आरोन फिन्च, देवदत्त पाडिक्कल,  एवी डि भिलियर्स, क्रिस मोरिस, शिवम दुबे, वासिन्टन सुन्दर, मोहम्मद शिराज, नवदीप सैनी, इसुरु उडना र युजभेन्द्र चहलले स्थान पाएका छन् । 

बेंगलोर जारी आइपिएलमा छैटौं र पन्जाब दोस्रो जितको संघर्षमा छ । बेंगलोर ७ खेलमा ५ मा जित र २ मा हार सहित अंक तालिकामा तेस्रो स्थानमा छ । पन्जाब ७ खेलमा ६ मा हार र १ मा जित सहित पुछारमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप