
शुक्रबारको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार शुक्रबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन ।
हालको मौसम भने प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ।
यसैगरी, दिउँसो प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
भने, प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती प्रदेश १, बाग्मती,गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ