शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिज्मा र प्रिन्सीसँग नाजिरको ‘सुनरीमै’ रोमान्स

शुक्रबार, ३० असोज २०७७, ०९ : ०४
शुक्रबार, ३० असोज २०७७

काठमाडौं – गायक प्रमोद खरेल र गायिका मेलिना राईको स्वर रहेको गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । विश्व गौडेलको शब्द तथा दीपक शर्माको संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा त्रिकोणत्मक प्रेमकथा बुनिएको छ । जसमा प्रिज्मा र प्रिन्सी खतिवडाको साथमा नाजिर हुसेनको समेत अभिनय देख्न सकिन्छ ।

नवराज उप्रेतीको छायाँकन नविन निरौलाको सम्पादन र गम्भीर बिस्टको कोरियोग्राफी रहेको भिडियो जीवन रसाईलीको निर्देशन गरेका हुन् ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप