बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘भिटामिन बी–१२’ को तौलसँग सम्बन्ध छ कि छैन ?

शुक्रबार, ३० असोज २०७७, १२ : ३६
शुक्रबार, ३० असोज २०७७

एजेन्सी – हाम्रो दैनिक जीवनयापनका क्रममा खाने खानाका कारण तौल बढ्ने गर्छ । त्यसैले स्वस्थ्य तौलका लागि खानामा परिवर्तन गर्नु आवश्यक छ । तर, कहिले काँही स्वस्थ्य खाना खाँदा पनि तौल बढ्न सक्छ । यसका साथै, भिटामिन बी–१२ को कमीले पनि तौल बढ्न सक्छ । 

भिटामिन बी–१२
शरीरका लागि भिटामिन बी१२ ले पौष्टिक तत्वको रुपमा काम गर्छ । पानीमा घुलनशिल हुने यो भिटामिन शरीरका विभिन्न गतिविधिमा आवश्यक पर्छ । यसले रातो रगत सेल, डीएनए जस्ता तत्वहरु शरीरमा निर्माण गर्नका लागि मद्दत गर्छ । यसका साथै, नर्भ सिस्टमलाई पनि क्रियाशिल बनाउँछ । यसका लागि भिटामिन बी१२ निकै जरुरी हुन्छ । 

संसारमा धेरैजसो जनसंख्या भिटामिन बी१२ को कमीबाट जुधिरहेका छन् । यो समस्या शाहाकारी र शाहाकारी डाइटमा बढी हुने गर्छ । भिटामिन बी१२ जनावरको मासुमा पाइन्छ । र, शाहाकारीका लागि भिटामिन बी१२ प्राप्त गर्नका लागि कम स्रोत हुन्छ । 

भिटामिन बी१२ कमीको संकेत 
दैनिक भिटामिन बी१२ को मात्रा निकै कम भए पनि शरीरका लागि भरपुर हुन्छ । जब हामी धेरै भिटामिन बी१२ को सेवन गर्छौ तब शरीरले उक्त भिटामिन सबै कलेजोमा जम्मा गर्छ । जसले गर्दा यो भिटामिनको अपर्याप्त सेवनले हुने साइड इफेक्टका कारण बन्नका लागि एक वर्ष लाग्छ । 

तर, जो व्यक्तिमा भिटामिन बी१२ को कमि हुन्छ उसलाई थकान महसुस हुने, सास फेर्न गाह्रो हुने, मुटुको चाल असामान्य हुने, मुड परिवर्तन हुने, ध्यान भंग हुने जस्ता समस्या हुन्छ भने तौलमा वृद्धि हुने पनि खतरा हुन्छ । 

भिटामिन बी१२ को कमी र तौल बढ्नु 
केही अनुसन्धानले भिटामिन बी१२ को कमिले तौलमा वृद्धि हुने सम्बन्ध पत्ता लगाएको छ । एक अनुसन्धानका अनुसार अत्यधिक तौल भएका व्यक्तिहरुमा भिटामिन बी१२ को मात्रा सामान्य बीएमआई भएका व्यक्तिको तुलनामा कम पाइन्छ । मेटाबोलिज्म प्रोटिन र फ्याटका लागि भिटामिन बी१२ अत्यन्त जरुरी मिनरल हो । यसले तौल बढ्नका लागि थोरै प्रभाव पार्न सक्छ । 

तौल घटाउँछ 
सन्तुलिट भोजनको सेवनले तौल कम गर्न मद्दत गर्छ । सन्तुलित खान बाहेक निन्द्रा, जीवनशैली पनि अत्यन्तै आवश्यक छ । तर, भिटामिन बी१२ को अपर्याप्त सेवनले तौल वृद्धि हुन्छ कि हुँदैन भन्ने कुरा पत्ता लागेको छैन । त्यसैले पौष्टिक तत्वले भरपुर डाइटको सेवनले नै स्वास्थ्यलाई फाइदा पुर्याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप