शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबि बैंकद्वारा सेती नदी जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

शुक्रबार, ३० असोज २०७७, १४ : ४८
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । एनएमबि बैंक लिमिटेडले २५ मेघावाटको सेती नदी जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको जलविद्युत परियोजना भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडद्वारा निर्माण गर्दैछ ।

यस परियोजनामा एनएमबि बैंक लि. अगुवा बैंक रहेको छ भने सह-वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंक लिमिटेड रहेका छन् । २५ मेघावाट क्षमता भएको सेती नदी जलविद्युत आयोजनाको कूल लागत रु ५ अर्ब रहेको छ । जसमध्ये बैकहरुको लगानी कूल रु. ३.५० अर्बको हुनेछ । यो आयोजनासमेत एनएमबि बैंक लि.ले कूल ४३ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप