बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सामसङ QLED टिभिको प्रि–बुकिङ्ग खुल्ला

शुक्रबार, ३० असोज २०७७, १७ : २६
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । नेपालको विश्वसनीय इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अरबौं सेड्स युक्त सामसङका २०२० QLED टिभिको लागि प्रि–बुकिङ्ग खुल्ला गरेको छ । यो प्रि बुकिङ्ग यही आश्विन २९ गतेदेखि कात्र्तिक १५ गतेसम्म रहेको छ । 

सामसङका पारखीहरु माझ Samsung QLED model अत्यन्त प्रख्यात रहेको छ । सामसङको २०२० QLED model आकर्षक विशेषता युक्त प्रि बुकिङ्गमा प्रस्तुत गरिएको हो । ग्राहकवर्गहरुले आकर्षक अफर मूल्य तथा प्रि–बुकिङ गर्नु हुने  ग्राहकहरुले निःशुल्क मोबाइल सेट उपहार पाउनुहुनेछ ।

 न्यूनतम रु.१०,०००।- को विशेष प्रिअर्डर अफर अन्तर्गत कुनै पनि QLED TV बुक गर्न सकिन्छ । यस प्रि अर्डरको सुविधा मार्फत् Samsung QLED TV 85" टिभि रु.५,८०,६८३ मा खरिद गर्न सकिन्छ । त्यस्तै QLED TV 75" रु.४४२,४२५ मा खरिद गर्न सकिन्छ  । यस योजनामा ग्राहकहरुले निःशुल्क उपहार पनि प्राप्त गर्नुहुनेछ । निःशुल्क उपहार अन्तर्गत QLED TV 85" खरिद गर्नुहुने ग्राहकले  ]  Galaxy Note10 Lite   तथा  QLED TV 75" खरिद गर्नुहुने ग्राहकले Galaxy A71 निःशुल्क प्राप्त गर्नुहुने छ । 

QLED TVs हरुमा लाइट अनुसार न्यानो पार्टिकल्सको साइज परिवर्तन गर्नको लागि सेमिकन्डक्टर मेटेरियलहरुको प्रयोग गरिएको छ । QLED TV हरुमा उच्च ब्राइटनेस इफिसियन्सी एवं उत्कृष्ट कलर प्राप्त गर्न सकिन्छ । सामसङ QLED टिभिमा क्वान्टम डट्सहरुको साथ १०० प्रतिशत कलर भोल्युम हुन्छन् जसले जति सुकै ब्राइटनेसको अवस्थामा पनि उच्चस्तरीय कलर प्रदान गर्दछ, १० वर्ष नो स्क्रीन बर्न इन वारेन्टी जसले बर्षौसम्म ब्राइटनेसमा एकरुपता एवं स्पष्ट इमेज क्वालिटी प्रदान गर्दछ र मल्टि भ्यूले तपाईको टिभिलाई दुई भागमा बाँड्रने स्वतन्त्रता प्रदान गर्दछ । तपाईले एक भागमा टिभि हेर्न र अर्को भागमा आफ्नो मोबाइललाई मिरर गर्न सक्नुहुन्छ । यसका साथै मा अन्य थप विशेषताहरु 3D सिनेम्याटिक साउन्ड, OTC (अब्जेक्ट ट्र्याकिङ्ग साउन्ड) पिसि मोड, रियल गेमिङ्ग इन्ह्यान्सर+, मल्टि भ्वाइस एसिटेन्स आदि सुविधाहरु रहेका छन् । 

विस्तृत जानकारीको लागि कृपया वेवसाइट: http://bit.ly/QLED2020Pre-order

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप