शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेता भुवनलाई ‘एभरग्रिन फेसन आइकन’ सम्मान

शुक्रबार, ३० असोज २०७७, १८ : ०८
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । अभिनेता, निर्माता, निर्देशन भुवन केसी ‘एभरग्रिन फेसन आइकन’ अवार्डबाट सम्मानित भएका छन् । सौन्दर्य र फेसन क्षेत्रका ब्यक्तिहरुलाई सम्मान गर्न पेजेन्ट नेपाल इन्टरनेशनले आयोजना गरेको एक कार्यक्रममा भुवन यो अवार्डबाट सम्मानित भएका हुन् । 

फिल्म क्षेत्रमा सदावहार अभिनेताको रुपमा परिचित भुवनको फेसन समेत लोभलाग्दो हुने गर्दछ । उनको फेसन प्रतिको सजकतालाई अध्यनजर गरेर अवार्ड दिइएको  पेजेन्ट नेपाल अध्यक्ष दिक्पाल कार्कीले बताए । ‘४ दशक लामो कलाकारिताको यात्रामा भुवन सधै टिकटक भएर हिँड्ने अभिनेता हुन् । उमेरले ६० वर्ष नाघिसके पनि उनको फेसन सेन्स भने अहिले पनि जवानको भन्दा कम छैन’  कार्कीले थपे ।

पछिल्लो समय फिल्म अभिनय कम र निर्माणमा बढी समय बिताउने गरेका उनी युवास्टार अभिनेता अनमोल केसीका बुबा हुन् ।  फिल्मकर्मी तथा दर्शकहरु माझ पनि ‘फेसन आइकन’ को रुपमा चिनिने उनी केही अगाडि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँगको बिवादका कारण चर्चामा छाएका थिए ।

कार्यक्रममा अभिनेता भुवन केसीले अवार्डले आफूलाई अत्यन्त हर्षित र थप उत्साहित बनाएको बताए । यसवर्ष भुवनलाई दिइएको अवार्ड गत वर्ष अभिनेत्री करिश्मा मानन्धरले पाएकी थिइन् । कार्यक्रममा पेजेन्ट नेपालले सौदर्य क्षेत्र र फेसन क्षेत्रका करिव तीन दर्जन ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप