बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा ट्रस्टद्वारा स्वास्थचौकीलाई एम्बुलेन्स निःशुल्क हस्तान्तरण

शुक्रबार, ३० असोज २०७७, १८ : २६
शुक्रबार, ३० असोज २०७७

बुटवल  । गुल्मीको नयाँ गाउँ र आसपासका जनतलाई सेवा पुराउने उद्देश्यले नयाँगाउँ एम्बुलेन्स सेवा ट्रस्ट गुल्मी नेपाल काठमाडौंले निःशुल्क एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नयाँ गाउँमा जन्मिएर देश विदेशमा रहेका चन्दादाताहरु र स्थानीय जनताको सहयोगमा संकलन गरिएको रकमबाट  खरिद गरिएको एम्बुलेन्स नयाँगाउँ स्वास्थ चौकी गुल्मीलाई हस्तान्तरण गरिएको संस्थाका सस्थापमहासचिब तथा सामाजिक अभियन्ता प्रकाश पोख्रेलले बताए ।

संस्थाको नाममा रहेको लु १च ९२६२ नम्बरको एम्बुलेन्स नयाँगाउँ स्वास्थचौकीको नाममा शुत्रबार नामसारी गराएको हो । 

उक्त अवसरमा संस्थापक महासचिव पोखरेलले एम्बुलेन्सको साँचो र बिल बुक स्वास्थचौकीका कर्मचारी प्रतिनिधिलाई यातायात कार्यालय बुटवलपरिसरमै  हस्तान्तरण गरेका थिए ।

संस्थाले प्रदान गरेको एम्बुलेन्सलाई प्रभावकारी र पार्दरर्शी सेवा प्रदान गर्नेचौकिका प्रमुख भेषबहादुर बिसीले प्रतिबद्धता व्यक्त गरे ।

ग्रामिण क्षेत्रमा एम्बुलेन्स सेवा पुराउने उद्देश्यले राधा मल्लको अध्यक्षतामा सामाजिक अभियन्ता प्रकाश पोख्रेल, जर्नेल भरत मल्ल, मधु क्षेत्री ,नारायण मल्ल, सज्जन पोख्रेल र पार्र्वती अधिकारीको सक्रियतामा संस्थाको स्थापना गरियको थियो ।

२०७४ शालमा शुरु भएको संस्थाले अन्य विभिन्न सामाजिक  काम गर्दे आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप