सिलिण्डर पड्किएर घाइते भएकाको घरमा राज्यमन्त्री मानन्धर
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर सोह्रखुट्टेस्थित फलफुलचोकमा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर घाइते भएका परिवारको घरमा पुगेका छन् ।
सो क्षेत्रको क्षतिग्रस्तको आज अनुगमनसमेत गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले कोभिड १९ सकिएलगतै सरकारले जनताका अपेक्षानुसार काम गर्ने बताए ।
सहरी क्षेत्रलाई व्यवस्थित र सबै किसिमको सुरक्षासहित प्रविधिमैत्री बनाउन आफुहरु लागिपरेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रको सामाजिक सुरक्षामा आफूको विशेष ध्यान केन्द्रीत भएको बताए ।
खाना पकाउने ग्यास लगायतका प्रज्ज्वलनशील पदार्थको प्रयोगले जनजीवन सहज भएपनि पछिल्लो समय सहरी क्षेत्रमा दुर्घटना पनि बढिरहेको बताउँदै उहाँले सावधानी अपनाउन आग्रह गरे । शुक्रबार ग्यास विष्फोट हुँदा ११ जना घाइते भएका थिए भने स्थानीय घर तथा पर्खालमा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स