मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चार कर्मचारीमा कोरोना देखिएपछि पाल्पा अस्पताल बन्द

शुक्रबार, ३० असोज २०७७, २० : ०४
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । पाल्पा अस्पतालमा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आज पाल्पा अस्पतालले एक सूचना जारी गरी अस्पतालमा कार्यरत ४ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिएको हो । अस्पतालले जारी गरेको सूचनाअनुसार असोज २७ गते अस्पतालबाट ९ जनाको स्वाव पीसीआर परीक्षणका लागि पठाइएकोमा ४ जनामा कोरोना पुष्टि भएको हो । 

कर्मचारीमा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक सेवा बाहेक सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालले सेवा बन्द गर्दा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप