प्रदेश नं १ मा ४६८ जना सङक्रमित थपिए
शुक्रबार, ३० असोज २०७७, २० : १५
प्रदेश नं। १ मा पछिल्लो २४ घण्टाको अवधिमा ४६८ कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको एक हजार ४४५ जनाको पीसीआर परीक्षणमा १६४ महिला र ३०४ पुरुषको रिपोर्ट पोजेटिभ आएको प्रदेशकोसामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १३४ सहित मोरङमा २०७, सुनसरीमा २००, झापामा २९, ते¥हथुममा सात, उदयपुरमा चार, इलाममा तीन, धनकुटा र संखुवासभामा दुई÷दुई, भोजपुर र ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिरका १२ जनामा सङक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १२ हजार ७०२ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज २२१ जना सङक्रमित निको भै घर फर्केका छन् भने उनीहरुको सङ्ख्या अहिलेसम्म पाँच हजार ५६१ पुगेको छ । हालसम्म एक लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
-
दीपिकाको 'लेडी सिंघम' लुक सेयर गर्दै रोहितले भने- मेरो वास्तविक जीवनको हिरो
-
फोन बारम्बार ह्याङ्ग हुन्छ ? अपनाउनुहोस् यो उपाय
-
सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी
-
साँगा–धुलिखेल सडक : पुरानै स्थानमा ढल निर्माणले समस्या निम्तिने
-
वर्तमान सत्ता गठबन्धन माघ कट्दैन : गगन थापा