बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

फन्ड ट्रान्फरमा लोकप्रिय बन्दै ‘कनेक्ट आईपीएस’

शुक्रबार, ३० असोज २०७७, २० : २३
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । डिजिटल फन्ड ट्रान्फरको दुनियाँमा कनेक्ट आईपीएस लोकप्रिय बन्दै गएको छ । नेपाल क्लियरिङ हाउसद्वारा सञ्चालित विद्युतीय भुक्तानी प्रणाली कनेक्ट आईपीएसको सरल, सहज र विश्वसनीय सेवाका कारण प्रयोगकर्ताहरु माझ लोकप्रिय बन्दै गएको हो । 

विद्युतीय माध्यमबाट घरमै बसिबसी वा बाटोमा हिँड्दा हिँड्दै पनि स्कुल÷कलेज, किनमेल,व्यवसायिक करलगायत विविध सेवाको बिल भुक्तानी सजिलै गर्न सकिने भएकाले कनेक्ट आईपीएस प्रति आम प्रयोगकर्ताहरु आकर्षण बढ्दै गएको हो । 

त्यसो त कनेक्ट आईपीएसमार्फत प्रयोगकर्ताहरुले अनलाइन फन्ड ट्रान्सफरदेखि सेयर बजारको रकम समेत भुक्तानी गर्न सक्छन् । बैंकको क्रेडिट कार्ड, क्रेडिट÷बिलर भुक्तानी, ई–कमर्स भूक्तानी तथा मोबाइल वालेट टपअफ सेवा समेत कनेक्ट आइपीएस मार्फत लिन सकिन्छ । 

कनेक्ट आईपीएस मार्फत एक वा एकभन्दा बढि बैंकिङ खाता लिंक गर्न र सोही एपमार्फत खाता भेरिफाई गर्ने र धेरैभन्दा धेरै क्षेत्रमा फन्ड ट्रान्सफर गर्ने सुविधा समेत कम्पनीले प्रदान गरेको छ । यसको अतिरिक्त अन्य थप सेवा सुविधा समेत कनेक्ट आइपीएसमा थप्ने तयारी कम्पनीले गरेको बताएको छ । 

करिब दुई वर्ष अघि डिजिटल फन्ड ट्रान्सफर सेवा शुरु गरेको कम्पनीले आजको दिनसम्म निकै राम्रो प्रतिफल हासिल गरिरहेको छ ।  

के हो कनेक्ट आईपीएस ? यसको प्रयोग कसरी गर्ने ?

कनेक्ट आईपीएस एक डिजिटल भुक्तानी प्रणाली हो । विद्युतीय अर्थात् अनलाइन प्रणालीमार्फत कनेक्ट आईपीएस प्रयोग गरी सबै खालका बिलहरुको भुक्तानी गर्न सकिन्छ । यसका लागि कम्प्युटर, ल्यापटप वा मोबाइलको आवश्यक पर्छ । कम्पनीले आईफोन र एन्ड्रोइड फोन दुबैका लागि मोबाइल एपको व्यवस्था गरेको छ । 
कनेक्ट आईपीएस प्रयोग गर्न चाहनेले गुगल सर्च गरेर वा प्ले स्टोरबाट मोबाइल एप डाउनलोड गरी सेवा लिन सक्छन् । यसका लागि आफ्नो एकाण्ट भएको बैंकको खाता कनेक्ट आईपीएससँग लिंक गर्नुपर्ने हुन्छ ।

गुगलमा गएर  www.connectips.com मा गएर आफ्नो नाम, नम्बर र इमेल प्रयोग गरी युजर आईडी बनाउन सकिन्छ । सोबाट प्राप्त युजर आईडी र पासवर्डबाट नै कनेक्ट आईपीएस लगइन गर्न सकिन्छ भने कारोबारका लागि आफ्नो बैंक खाता भएको एक वा एक भन्दा बढी बैंकिङ खाता यसमा लिंक गर्न सकिन्छ ।
त्यसपछि भने सजिलै एक बैंकबाट अर्को बैंकमा, एक खाताबाट अर्को खातामा र सबै खाले बिल भुक्तानी सजिलै अनलाइनबाटै गर्न सकिन्छ । आईपीएस मार्फत बिल भुक्तानी गर्दा सबैभन्दा सस्तो, विश्वसनीय र प्रभावकारी रहने कम्पनीको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप