शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबारदेखि ललितपुर जिल्लामा अत्यावश्यक बाहेकका सेवा बन्द

शुक्रबार, ३० असोज २०७७, २१ : ३५
शुक्रबार, ३० असोज २०७७

 ललितपुर जिल्लाभरिका सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा पर्सि आइतबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएको छ ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ती जारी गर्दै कार्तिक २ गतेदेखि अर्को सूचना नभएसम्मको लागि प्रशासनको सेवा स्थगित गरिएको जनाएको हो । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को निर्णय अनुसार ललितपुर जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो । 

उपत्यकामा कोभिड–१९ संक्रमणको दर अत्यधिक रुपमा बढिरहेको अवस्थामा सेवाग्रहीहरुको भिडभाड बढेकाले संक्रमण फैलनसक्ने जोखिमका कारण सार्वजिनक सेवा प्रवाह गर्ने सबै कार्यालयहरुमा अत्यावश्यकबाहेकका सेवाहरु स्थगित गर्नुपरेको ललितपुरका प्रजिअ नारायणप्रसाद भट्टले बताए ।

सवै सरोकारवाला निकायसँगको छलफल डिसिसीएमसीले सो निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ ।

ललितपुरका सहायक प्रजिअ ललितकुमार बस्नेतले रातोपाटीलाई बताएअनुसारविद्युत्त, खानेपानी र टेलिकम जस्ता सेवाहरु भने बन्द हुने छैनन् ।’ ‘अत्यावश्यक सेवा प्रवाह बन्द भएपनि कार्यालय चाहिँ खोल्नुपर्ने’ सहायक प्रजिअ बस्नेले बताए । उनले भने–‘सार्वजनिक सेवा दिने कार्यालय खुल्छ, तर संक्रमणको जोखिमले गर्दा अत्यावश्यक बाहेक अन्य नियमित रुपमा प्रदान गर्दै आएका सेवा चाहिँ बन्द गर्ने निर्णय गरेका छौं ।’

 

 

(यसअघि यही समाचारमा भूलवशः ललितपुर जिल्ला प्रशासन कार्यालयमा मात्र अत्यावश्यक बाहेकका सेवाहरु प्रदान गर्न स्थगित गरिएको व्यहोरा पर्न गएकोमा क्षमायाचनाका साथ सच्याइएको छ । –रातोपाटी)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप