शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्याट कमिन्सको अर्धशतकमा कोलकताद्वारा मुम्बईलाई १ सय ४९ रनको लक्ष्य

शुक्रबार, ३० असोज २०७७, २२ : ०७
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ३२ औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्ससामु ई १ सय ४९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४८ रन जोडेको हो । त्यसका लागि नवनियुक्त कप्तान ओईन मोर्गन र तीव्र गतिका बलर प्याट कमिन्सको उत्कृष्ट साझेदारी रह्यो ।

खराब सुरुवात गरेको कोलकातालाई कमिन्सले अविजित ५३ रनको योगदान दिए ।नवनियुक्त कप्तान मोर्गनले पनि ३९ रनको उत्कृष्ट कप्तानीपारी खेले ।

एक समय ११ ओभरमा ६१–५ को कमजोर अवस्थामा रहेको कोलकातालाई छैटौं विकेटका लागि मोर्गन र कमिन्सले ५६ बलमा ८७ रनको नटआउट साझेदारी गरेका थिए ।

ओपनर राहुल त्रिपाठी र नितेश राणाले दोहोरो अंक जोड्न सकेनन् ।  त्रिपाठीे ७ रनमा आउट हुँदा राणाले पनि ५ रन मात्र जाडे ।

यस्तै अर्का ओपनर सुभमन गिलले २१ रन जोडँदा दिनेश कार्तिक ४ रनमा बोल्ड आउट भएका थिए । त्यसपछि कोलकाता कमजोर अवस्थामा पुगेको थियो । आन्द्रे रसेल १२ रनमा क्याच आउट हुँदा कोलकाता ६१–५ को कमजोर अवस्थामा पुगेको थियो । 

यता मुम्बईका लागि स्पिनर राहुल चहरले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए  । स्तै जस्प्रित बुमराह,  ट्रेन्ट बोल्ट र नाथन कुल्टर नाइलले एक एक विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप