शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा स्थगित

शुक्रबार, ३० असोज २०७७, २२ : ५८
शुक्रबार, ३० असोज २०७७

काठमाडौं । माछापुच्छ्रे बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले बैंकको २२ औं बार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको छ । कोभिड कहरको संक्रमणमा भइरहेको बृद्धि तथा आसन्न चाडपर्वको कारण शेयरधनी महानुभावहरुलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितिलाई ध्यानमा राखी साधारणसभा हाललाई स्थगित गर्ने निर्णय गरिएको हो । बैंकको २२ औं साधारणसभा मिति २०७७ कार्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो । 

साथै, उक्त वार्षिक साधारणसभा स्थगित हुँदा कोभिड कहरको कारण आम सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी पछि वस्ने बैंकको बाईसौं बार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई रु. २४,१०,८०,६६०.२५ (अर्थात चुक्ता पूँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ ।

बैंकले शेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट रु.२८,५०,६४,७४४.०० (अर्थात चुक्ता पूँजीको ३.३७ प्रतिशतका दरले) नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसहित) र रु.५९,४६,१६,९३१.००  (अर्थात चुक्ता पूँजीको ७.०३ प्रतिशत) बराबरको बोनस सेयर वार्षिक साधारणसभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप