शनिबार, १४ माघ २०७९
ताजा लोकप्रिय
आमा र यमदूतहरु— ८

पुस्तौँदेखि यातना र घृणाका कथा भन्न अभ्यस्त भएका बाजेको प्रसन्नताको जलप लाग्दै गरेको अनुहार

‘देख्यौ, वामेहरू धर्म मान्दैनन्, आमा मान्दैनन्, यिनले सभ्यता र संस्कृतिका जरै उधिन्छन् !’
शनिबार, ०१ कार्तिक २०७७, ०५ : ५५
शनिबार, ०१ कार्तिक २०७७

अठाह्र

भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासाको प्रत्युत्तरमा भगवान् नामक उनै पात्र भन्दै गए— यमलोकको बाटो यति दुःखदायी छ, पापीले यात्रामा भोग्नुपर्ने अकथनीय कष्टको कथा सुनेर पापीका त के कुरा भक्तहरूसमेत पनि काम्न थाल्छन् । बाटामा न वृक्षहरूको छाया छ, न विश्राम गर्ने ठाउँ । न अन्न, न पानी । तिर्खाले प्याक्प्याकी भएको प्रेतरूपी पुरुष पानी नपाएर काकाकुलझैँ तड्पिन्छ । बाटामा उसलाई बाह्रवटा सूर्यको तापले पोल्छ । पक्राउ परेर घिसारिएको पापी कतै मुटु ठिहिर्‍याउने हावाको प्रहारमा पर्छ, कतै भालासमानका काँडाले घोचिन्छ, कतै विषालु सर्पको डराइले मर्माहत हुन्छ । सिंहले दार्नु, कुकुरले टोक्नु र आगाले पोल्नु त मामुली कुरा भइहाले ।

क्रूर यमदूतहरू घिसार्दा छन्, असहाय प्रेत घिसारिँदो छ । जाँदा–जाँदा एउटा वन आउँछ, तरवाररूपी पात भएको वन । भयावह त्यो वन आठ अजार कोश लामो छ । त्यो तरबारे वनमा काग र उल्लु, वाज र गिद्ध, बारुला र मौरीको विगविगी छ । वनमा डढेलो हुर्हुरी बलिरहेछ । तरबारे पातले ताछेर प्रेतको शरीर क्षत–विक्षत हुन्छ । अझ त्यसमाथि यमूदतहरू उसलाई कतै अँध्यारा कुवामा खसाल्छन्, कतै विकट पर्वतबाट हुर्‍र्याउँछन् । कहीँ छुराका धारमा हिँडाउँछन्, कहीँ अडिरका काँडामा । उसलाई कहीँ आँधीवेरीतिर धकेल्छन्, कहीँ स्याउँस्याउँती जुका भएका हिलामा गाड्छन् । अनि कतै तताएको बलुवामा, कतै ताता राता फलाममा, कतै बल्दा कोइलामा, कतै निसासकारी धूवाँको विषाक्त मुस्लोमा हिँडाउँछन् । यातनाका यावत् प्रकरणबाट सन्तुष्ट नभएका कथालेखक मूल पुरोहितबाजे प्रेतमाथि आगो बर्साउँछन् । अथवा उसमाथि ढुङ्गाको, बज्रको, रगतको, शस्त्रास्त्रको र तातो पानीको बर्षा गरिदिन्छन् ।

क्रूर यमदूतहरू घिसार्दा छन्, असहाय प्रेत घिसारिँदो छ । जाँदा–जाँदा एउटा वन आउँछ, तरवाररूपी पात भएको वन । भयावह त्यो वन आठ अजार कोश लामो छ । त्यो तरबारे वनमा काग र उल्लु, वाज र गिद्ध, बारुला र मौरीको विगविगी छ । वनमा डढेलो हुर्हुरी बलिरहेछ । तरबारे पातले ताछेर प्रेतको शरीर क्षत–विक्षत हुन्छ । अझ त्यसमाथि यमूदतहरू उसलाई कतै अँध्यारा कुवामा खसाल्छन्, कतै विकट पर्वतबाट हुर्‍र्याउँछन् ।

उद्विग्न मनोदशामा म गम्छु— कथाका यातनाकारी स्रष्टाको कल्पनाशीलता कति उर्वर छ ! आफ्नो साधनामा कति अथक छ त्यो ! स्रष्टाको क्रूर कल्पनाले क्रीडा गर्दै जान्छ । र, क्रीडाको फलस्वरूप कतै धूवाँको र कतै हिलोको वर्षा हुन्छ । आफ्ना खूनी पन्जामा पारिएको प्रेतलाई यमदूतहरू कतै अति गहिरो खाडलमा हिँडाउँछन्, कतै विकटतम् पर्वतमा र कतै भयानक गुफामा हुल्छन् । बाटामा कतै अकल्पनीय अन्धकार छ, कतै छन् अवर्णनीय पहराहरु । अनि कतै तलाउहरू छन्— पीप, रगत र विष्टाले गजगज भरिएका ।

लौ, भयङ्कर वैतरणी नदी आइपुग्यो ! देख्नु त के सुन्दैमा पनि आङ जिरिङ्ग हुने पीपकुण्डरूपी वैतरणी नदी ! चार हजार कोश फैलिएको, पानीको सट्टा पीप र रगत बग्ने । हाडहरूको किनारा र रगत–मासुको हिलो भएको । असीम गहिराइ भएको त्यस नदीमा झुप्पारूपी कपालका झ्याउ लागेका छन्, जहाँ हिँस्रक पन्छीहरूको कहालीलाग्दो बिगबिगी छ ।

पेट पाल्नुका दुःखले आफूलाई अत्यन्तै प्रीतिकर लाग्ने क्रूरताको वर्णन गर्दै जाँदा पुरोहित बाजेका आँखामा चमक, अनुहारमा लालिमा र स्वरमा उमङ्ग भरिएको आभास हुन्छ । अनि छापामार शैलीमा छ्याप्प पानी छ्याप्दै स्वरमा उत्साहको पाइन भरेर उनी कथाको झटारोले श्रोतारूपी आफ्ना सिकारहरूलाई दनक दिन्छन्, “पापी आएको देखेर हे गरुड ! ती नदी ज्वाला, धूवाँले युक्त भएकी छँदी पाक्न थाल्छिन्, त्यसरी नै जसरी तताएको कराइभित्रको घिउ पाक्दछ ।”

कथामा यन्त्रणाकारी तत्वहरूको लावालस्कर कहीँ, कतै टुगिँदैन । उः प्रेतलाई यता सियाजस्ता मुख भएका किराले घेरे, उता वैतरणी नदीभरि बज्रसरी कठोर चुचा भएका गिध्द र कागहरू व्याप्त भए । रगत चुस्ने र मासु लुछ्ने जीवजन्तुहरू त कति हुन् कति ! गोही र माछा, कछुवा र सर्प, के के हुन् के के !

प्रेतलाई वैतरणी नदीमा हुत्याउँदै पुरोहित बाजे श्रोताहरूलाई पीडितको आर्त पुकार सुनाउँछन्, “हे भाइ ! हे पुत्र ! हे बाबु !” तिर्खाले आँत सुकेको प्रेतले नदीको रगत पिउँछ । नदीको प्रलयङ्कारी गर्जनले सेरोफेरोको वातावरण नै भयातुर हुन्छ । यहाँनेर पुरोहित बाजे एक चरण पानी झ्याप्प छ्याप्छन् र स्वर उफारेर सुनाउँछन्, “पापीहरू सहस्र बिच्छी र काला सर्पले सेवा गरिएकी वैतरणी नदीमा सयकडौँ–हजारौँ भुमरीमा पर्दै पातालमा खस्छन् । एकछिन पातालमा बसेर ती फेरि माथि उत्रिन्छन् । हे गरुडजी, पापीलाई हाल्नका निमित्त नै ती नदी बनाइएकी हुन् ।”

वीभत्स कथाको तन्तु तन्किँदो छ, यातनाको तीव्रता बढ्दो छ । यमदूतहरू कसैका छेडिएका नाकमा, कसैका छेडिएका कानमा डोरी लगाएर तराईबाट मोमोको मोर्चालाई हराभर बनाउन काठमाडौं ल्याइने राँगाहरूलाई झैँ घिसारिरहेका छन् । तिनका हात–खुट्टामा नेल र हतकडीको पासो छ, पिठ्यूँमा छ फलामको अजङ्गको भारी । अझ त्यसमाथि यमदूतहरू प्रेतलाई मुसलले हानेका हान्यै छन् ।

वीभत्स कथाको तन्तु तन्किँदो छ, यातनाको तीव्रता बढ्दो छ । यमदूतहरू कसैका छेडिएका नाकमा, कसैका छेडिएका कानमा डोरी लगाएर तराईबाट मोमोको मोर्चालाई हराभर बनाउन काठमाडौं ल्याइने राँगाहरूलाई झैँ घिसारिरहेका छन् । तिनका हात–खुट्टामा नेल र हतकडीको पासो छ, पिठ्यूँमा छ फलामको अजङ्गको भारी । अझ त्यसमाथि यमदूतहरू प्रेतलाई मुसलले हानेका हान्यै छन् । यहाँनेर पुरोहित बाजेले स्वर बटारेर बाचन गर्छन्, “पापीहरू मुखबाट रगत बमन गर्दै त्यो रगत खान्छन् ।”

त्यो वीभत्स क्रिया र त्यसको त्यो घृणित अभिव्यक्ति सुन्दा मलाई असह्य दिगमिग लागेर आयो । हुलुक्क हुन खोजिरहेको मेरो मुखमा पित्तमय पानी रसायो । अनि लघुशङ्का पर्न म उतातिरको बाँसघारीभित्र पसेँ । म फर्केर आउँदा बाचक बाजे घटघटी पानी पिएर उदरमा शीतल उर्जा भरिरहेका रहेछन् । उनले श्रोतागणमाथि जलवृष्टि गरे । अनि मलाई पुलुक्क हेरेर विजयोन्मुख मुद्रामा कथावाचनको क्रमलाई अघि बढाए, “आफूले गरेका पापकर्मबारे विचार गर्दे अति दुःखी भएका पापी पुरुषहरू यमलोकमा जान्छन् । मन्द बुद्धि भएका पापीहरू बाटामा त्यस्ता दुःख भोग्दै ‘हे पुत्र’, ’हे नाति’  भन्दै हाहाकार गरी रुने भएका छँदा पश्चात्ताप गर्दछन् । न कहिल्यै दान दिइस्, न ब्राह्मण कहिल्यै पूजित भए भने हे देहिन् ! तँैले गरेको कुकर्मको फल भोग् ।”

पुरोहित बाजे घरीघरी अलि फरक शव्दमा तर उही अर्थमा आफ्ना प्रिय वचनहरू दोहोर्‍याउँदै जान्छन् “न नित्यदान नै गरियो, न गाईलाई घाँस दिइयो, न वेदशास्त्रका वचन प्रमाण मानेर तदनुसार कर्म गरिए, न पुराण कहिल्यै सुनिए, न कहिल्यै ज्ञानीहरूको सेवा गरिस् भने हे देहिन् ! तैँले गरेको कुकर्मको फल भोग् ।”

पुरोहित बाजे घरीघरी अलि फरक शव्दमा तर उही अर्थमा आफ्ना प्रिय वचनहरू दोहोर्‍याउँदै जान्छन् “न नित्यदान नै गरियो, न गाईलाई घाँस दिइयो, न वेदशास्त्रका वचन प्रमाण मानेर तदनुसार कर्म गरिए, न पुराण कहिल्यै सुनिए, न कहिल्यै ज्ञानीहरूको सेवा गरिस् भने हे देहिन् ! तैँले गरेको कुकर्मको फल भोग् ।”

अक्षर–अक्षरमा कूटकला भरिएको आपराधिक कथामा यतिन्जेलसम्म स्वास्नीमानिसको उच्चरण भएको थिएन । बल्ल यहाँ आएर कथालेखक माउ पुरोहितलाई सम्झना भयो— आखिर स्वास्नीमानिस पनि त मरणशील प्राणी नै हो । उसको मृत्यु पनि त मनमाफिकको सिकार प्राप्त गर्ने एउटा सुवर्ण अवसर हो । त्यसैले स्वास्नीमानिसको प्रसङ्ग थप्दै कथालेखक कथाबाचकमा मुखबाट उद्घोष गर्न थाले, “पतिका निमित्त न मैले कहिल्यै हितबचन बोलेँ, न पतिले अह्राको मानेँ, न पतिब्रता धर्म पालना गरेँ, न सासु–ससुरा–लोग्नेको सेवा गरेँ, न यिनले भनेको मानेँ, न विधवा भएर तपस्या नै गरेँ भने हे देहिन् ! तैँले गरेको कर्मको फल भोग गर् । न त महिना–महिना उपवास बसेर, न चन्द्रायणादि ठूला–ठूला व्रत गरेर शरीर सुकाएँ, पैले गरेको कुकर्मले स्वास्नी मानिसको शरीररूपी दुःखको भाँडो पाएर पनि जान्दा–जान्दै कुकर्म गरेँ भने हे देहिन् ! तैँले गरेका कुकर्मको फल भोग गर् ।”

“स्वास्नीमानिसको शरीररूपी दुःखको भाँडो”बाट जन्मिएका सुखी परोहित बाजे कथाको मृदु रसले मुख मिठ्याउँदै गए । सत्र दिनसम्म वायुवेगले उडेको प्रेत अठाह्रौँ दिनमा सौम्यपुरमा पुग्यो । कथा भन्छ— त्यस सुन्दर सहरमा प्रेतै–प्रेतको ठूलो बगाल छ, जहाँ पुष्पभद्रा नामक नदी र बरको ठूलो वृक्ष छन् । यमदूतको ताडनाबाट ढल्ने गरी गलेको प्रेतले त्यहाँ क्षणिक विश्राम गर्ने कृपा प्राप्त गर्‍यो । यो विश्रामकालमा घरका स्वास्नी र छोरा–छोरीको सुख सम्झिँदै ऊ अतिशय दुखित भयो । उसको अलाप–विलाप सुनेर क्रुद्ध हुँदै यमदूतहरू भन्छन्, “हे मूढ ! तेरो धन कहाँ छ ? कहाँ छोरा ? कहाँ स्वास्नी ? कहाँ मित्र र दाजु–भाइ छन् ? आफूले गरेका कुकर्मको फल भोग्दै तँ धेरै दिनको लामो बाटो हिँड् । बटुवाहरूका लागि धर्म–कर्मबाट आर्जन गरेको सामल नै बल हुन्छ भन्ने जान्दा–जान्दै सामलका निमित्त ब्राह्मणलाई दान गरिनस् भने हे परलोकका बटुवा ! जुन बाटामा किन्न–बेच्न पनि पाइँदैन, त्यही बाटामा तैँले निश्चय जानुपर्छ । यमराजको यो मार्ग यस्तो छ भन्ने वेद, पुराण, इतिहास कोही ब्राह्मणबाट मुखबाट सुनेको थिइनस् ?”

यहाँनेर यमदूतको फलामको मुसल प्रेतका थाप्लामा बज्रिन्छ । ऊ दगुर्न खोज्छ, दगुर्न नसकेर पछारिन्छ । ऊ डरले काम्दै उठ्छ, फेरि पछारिन्छ र मुसल फेरि उसका थाप्लामा बज्रिन्छ । अनि उसलाई बलात् पाशले बाँधेर अगाडि घिसारिन्छ । प्रेतलाई थप यातना दिएर उसका आफन्तरूपी सिकारहरूबाट मनमाफिकको दान–दक्षिणा हात पार्न उसको घिटिघिटी प्राणलाई धानिराख्नु जरुरी छ । त्यसैले कथाका धूर्त लेखक सौम्यपुरमा प्रेतलाई उसका छोरा–नातिहरूले दिएको मासिक पिण्ड खाने अवसर कृपा गर्छन् । अनि पिण्ड भोजनपछि प्रेत थप यातना झेल्न सौरिपुरमा पुग्छ, जहाँ कालको जस्तो रूप भएको जङ्गम नाम गरेको राजा छ । राजालाई देखेर नौनाडी गलेको प्रेत विश्राम गर्न खोज्छ । तर थाप्लामा मुसलले ठोकेर उसलाई अगाडि चलान गरिन्छ । त्रैमासिक पिण्ड खाएर ऊ नगेन्द्र नामक सहरमा पुग्छ । सारा हड्डी चुरचुर भइसकेको प्रेत त्यहाँ भयङ्कर वन देखेर कोकोहोलो मच्चाउँदै रुन थाल्छ । ऊ बाँधिएको छ, ऊ घिस्स्याइँदो छ, ऊ रुँदो छ । त्यहाँ दुई महिना यातना दिएपछि ऊ गन्धर्व नगरमा पुग्छ, जहाँ उसका थाप्लामा ढुङ्गाहरूको वृष्टि हुन्छ ।

चौथो महिनाको पिण्ड खान पाउँदा कथालेखक बडीबाजेका कृपाले प्रेत किञ्चित् खुसी हुन्छ । पाँचौ महिनामा ऊ क्रौन्चपुरमा पाइला टेक्न पुग्छ । त्यहाँ पुगेको प्रेत पहिले आफ्नौ हातले दिएको दानमात्र खान पाउँछ । पाँचौ मासिक पिण्ड खाएपछि ऊ क्रूरपुरमा अवतरित हुन्छ । आफूलाई बाँधिएको डोरी समात्ने यमदूतहरू अघि–अघि छँदै छन् । प्रेतलाई यातना दिनु तिनको पेसागत धर्म हो, त्यसैले तिनले उसलाई पल–प्रतिपल यातना दिइरहेकै छन् । प्रेत थुुर्थुर काम्दै चित्रभवन सहरमा पुग्छ, जहाँको शासनको बागडोर विचित्र नाम गरेको यमराजको साक्षात् भाइका हातमा छ ।

चौथो महिनाको पिण्ड खान पाउँदा कथालेखक बडीबाजेका कृपाले प्रेत किञ्चित् खुसी हुन्छ । पाँचौ महिनामा ऊ क्रौन्चपुरमा पाइला टेक्न पुग्छ । त्यहाँ पुगेको प्रेत पहिले आफ्नौ हातले दिएको दानमात्र खान पाउँछ । पाँचौ मासिक पिण्ड खाएपछि ऊ क्रूरपुरमा अवतरित हुन्छ । आफूलाई बाँधिएको डोरी समात्ने यमदूतहरू अघि–अघि छँदै छन् । प्रेतलाई यातना दिनु तिनको पेसागत धर्म हो, त्यसैले तिनले उसलाई पल–प्रतिपल यातना दिइरहेकै छन् । प्रेत थुुर्थुर काम्दै चित्रभवन सहरमा पुग्छ, जहाँको शासनको बागडोर विचित्र नाम गरेको यमराजको साक्षात् भाइका हातमा छ । अजिङ्गरजत्रो शरीर भएको राजालाई देखेर भाग्न खोज्ने प्रेतनेर आई माझीहरू भन्छन्, “हे प्रेत हो ! तिमीहरूलाई वैतरणी नदी तार्नका लागि नाउ लिएर आएका छौँ । तिमीहरूको यस्तो पुण्य छ भने तारिदिन सक्छौँ । जसले ब्राह्मणलाई दान दिएको छ उसैका पुर्पुरामा मात्र तर्नु लेखिएको हुन्छ । तैँले ब्राह्मणलाई गाई दान गरेको छस् भने यो नाउ चल्छ, छैनस् भने यो चल्दैन ।”

माझीहरूका वचन सुनेर प्रेत भन्छ, “हा, दैव !”

पापी प्रेतलाई देखेर वैतरणी नदी भक्भकी उम्लिन थाल्छ । भय र आतङ्कले चिच्याइरहेको प्रेतलाई नदीमा लगेर डुवाइन्छ । प्रेतका मुखमा काँडा भएको लगाम लगाइएको छ । लगामको अर्को छेउ आकाशमार्ग भई उडिरहेको यमदूतका हातमा छ । लगामले तानेर घिसार्दै प्रेतलाई वैतरणी नदी पारि पुर्‍याइन्छ । चरम् यातनामय नरकयात्रामा जब सातौँ महिना आउँछ, गरुड पुराणमा सिर्जना गरिएको प्रेत बाह्रापद नगरमा पुग्छ । नरद्वेषी कलामा अखण्डै पारङ्गत भएका कथालेखकका अनुकम्पाले प्रेतले त्यहाँ उसका छोरा–नातिले दिएको पिण्ड खान पाउँछ ।

यातनाको क्रम जारी छ, नरकयात्रा अघि बढिरहेको छ । जाँदा–जाँदा प्रेत दुःखद नाम गरेको सहरमा पुग्छ । आकाशमार्गबाट झिल्टुङ खेलाउँदै लैजाँदा उसले पाउने दुःखहरू शव्दहरूको सामथ्र्यभित्र के अटाउँदा हुन् र ? नवौँ महिनामा उसलाई नानक्रन्दपुरमा ओरालिन्छ, जहाँ अरु प्रेतहरूको दारुण दुर्गति देखेर ऊ बेहोस हुन पुग्छ । त्यस सहरमा खानुपर्ने जति सास्ती जव खाइसक्छ तब प्रेत दसौँ महिनामा सुयाप्त भवन नामक सहरमा पुग्छ । ऊ एघारौँ महिना पूरा हुँदा रौद्रपुरमा र त्यसपछि पयोवर्ष नगरमा प्रवेश गर्छ । श्राद्धमा दिइने पिण्ड खान पाएको प्रेतको शिरमाथि त्यहाँ बज्रहरूको वर्षा हुन्छ । वर्ष पूरा हँुदा ऊ शीताढ्य नामक सहरमा पुग्छ, जहाँ हिउँभन्दा सयगुना बढी चिसो वर्षा हुन्छ ।

भोक र प्यासले उखर्माउलो भएको प्रेत व्यर्थको आशाले दस दिशामा आँखा डुलाउँछ, “यहाँ कोही बान्धव बसेको छ कि जसले मेरो दुःख नाश गरिदेला ?”

प्रत्युत्तरमा दुर्मुखा यमदूतहरू भन्छन्, “यहाँ तेरो यस्तो पुण्य छ र तँ यस दुःखबाट छुटकारा पाउँछस् !”

यमदूतको वचन सुनेर असीम पीडामाथि पीडा नै थपिएको प्रेतले वार्षिक पिण्ड खान पाउँछ । जब वर्षको अन्त्य हुन्छ, प्रेत यमलोक नजिकैको बहुभीति नगरमा पाखुरा सरहको शरीरलाई त्याग्छ । यहाँनेर पुगेपछि कथावाचक पुरोहित बाजे जल छर्कनसँगै स्वर उराल्छन्, “हे गरुडजी ! कर्म भोग्नका निमित्त अंगुष्ठ मात्रको अर्थात् औँलो मात्रको वायुरूपी शरीर पाएर प्रेतरूपी जीव यमदूतहरूसँग यमलोक जान्छ । हे काश्यपजी ! जसले मर्ने वेलामा औद्र्धदैहिक दान दिएको छैन, धर्मसञ्चय पनि गरेको छैन, यसकारण यमदूतका दृढ बन्धनले बाँधिएको छँदो बहुत दुःख भोग्छ । हे खेचर ! धर्मराजका सहरमा चार ढोका छन् । यो दक्षिण मार्गको प्रसङ्ग तिमीलाई बताइयो । भयङ्कर बाटामा भोक–प्यासले पीडित भएर पापीहरू जसरी जान्छन् ,त्यो पनि कहियो ।”

कथावाचकले लेग्रो तान्दै अध्याय विसर्जन गरे, “गरुड पुराणको सोरोद्वार गरिएका षोडस अध्यायमध्ये पापीहरूको यमलोकको मार्गनिरूपण गरिएको द्वितीय अध्याय समाप्त गरियो । हरि ओम् तत्सत् ।”

मैले पुरोहित बाजेको अनुहार हेरेँ । पुस्तौँदेखि यातना र घृणाका कथा भन्न अभ्यस्त भएका बाजेको प्रसन्नताको जलप लाग्दै गरेको अनुहारको अन्तरमा यमदूतको बिम्बले अस्पष्ट आकार ग्रहण गरिरहेको मैले आभास पाएँ । उता हाम्रा ठूल्दाइको ओठ फुटेको अनुहारमा चाहिँ मृत्युको धमिलो छाया सल्बाइरहेको थियो, मानौँ यमदूतहरूले दिने यावत् सासनाहरूको निशाना दाइ स्वयं हुनुभएकोछ ।

मैले पुरोहित बाजेको अनुहार हेरेँ । पुस्तौँदेखि यातना र घृणाका कथा भन्न अभ्यस्त भएका बाजेको प्रसन्नताको जलप लाग्दै गरेको अनुहारको अन्तरमा यमदूतको बिम्बले अस्पष्ट आकार ग्रहण गरिरहेको मैले आभास पाएँ । उता हाम्रा ठूल्दाइको ओठ फुटेको अनुहारमा चाहिँ मृत्युको धमिलो छाया सल्बाइरहेको थियो, मानौँ यमदूतहरूले दिने यावत् सासनाहरूको निशाना दाइ स्वयं हुनुभएकोछ ।

उन्नाइस

राति सुतेपछि गरुड पुराणका यमदूतहरूको पछि लागेर एउटा लौकिक पात्र मेरो मनमा उदायो । उक्त पात्रको कथा यस प्रकार छ । दिउँसो कथा सुनाउने–सुन्ने क्रम चल्दै थियो, मेरा भान्दाइ पर्ने एकजना ओली दाइ आएर म शूद्रको छेवैमा बस्नुभयो । पन्ध्र मिनेटजति बसेर एक किस्ता कथा सुनेपछि दाइले मेरो घिच्चुकमा छुस्स कोट्याउनुभयो, “भाइ, एक्कैछिन उता जाऔँन !”

हामी उता वाटाको बाँसझ्याङमा गयौँ । सुची गर्ने कार्य सम्पन्न भएपछि हामी मुखमुख गरेर बाटैमा दुईतिर टुक्रक्क बस्यौँ । दाइ एकाएक गम्भीर देखिनुभयो ।

“भाइ, यो अल्लि बढी भएन ?”

“के, दाइ ?”

“भाइको यो गतिविधि ।”

“म त भन्छु— यो अल्लि कम भयो ।” मैले भनेँ । “हामी चारै जना दाजु–भाइले यो आपराधिक कर्मकाण्डलाई वहिष्कार गर्न सक्या भए बल्ल केही हुन्थ्यो । कमसेकम त्यसले समाजको अलि ठूलो खण्डको ध्यान आकृष्ट गथ्र्यो । र, बौद्धिक संसारमा एउटा तुफानी बहसको थालनी गर्न सकिन्थ्यो । तर यो आंशिक मात्र भयो, साँच्चै भनुँ भने केही पनि नभएजस्तो ।”

“भाइले मेरो कुरो बुझ्नुभएन ।”

“म बुझ्दै छु ।”

“भाइ, यो अल्लि बढी नै भो ।” भान्दाइको बोलीको सतहमा गहिरो विनयशीलता थियो, तर अन्तर्धारमा भने उग्र आक्रामकता । “यो कर्मले हाम्रो राजनीतिपट्टि के–कस्तो प्रभाव पार्छ भाइले सोच्नु भा’छ ?”

“राम्रो प्रभाव पार्छ ।”

“राम्रो ?” भान्दाइको अनुहारमा विस्मयको भाव उत्रियो । “भाइ, यसबाट त ठूलो खती हुने डर छ ।”

“अन्धविश्वास, कुसंस्कार र धार्मिक ठगीको विरोध गर्दा के खती हुनु ?”

 “भाइ, विरोधीहेर्ले के भनिसके थाहा छ ?”

“के भने ?”

“देख्यौ, वामेहरू धर्म मान्दैनन्, आमा मान्दैनन् भनिसके । यिनले सभ्यता र संस्कृतिका जरै उधिन्छन् भनिसके ।”

“अहिले भनून्, दाजु । रुढि र ठगीलाई धर्म र संस्कृति मान्नेहरूलाई मौकामा हामी पनि दिउँला मुखभरिको जवाफ ।”

“हाम्रा भोट घट्ने भए, भाइ ।”


“के भोट घट्लान् भनेर हामीले अन्धकारको विरोध नगर्ने त, दाजु ?”
“उदाउनै लागेको हाम्रो सूर्यको सरकार !” यस्तो आशय झुन्डिएको भान्दाइको अनुहारमा चिन्ताको वादल छायो, “भाइ, हाम्रो बहुमतको सरकार !”
“दाइ, अज्ञानको जगमाथि उभिने त्यो सरकार सूर्यको सरकार हुनेछैन । अन्धकारको जगमाथि उभिने त्यो त आखिर अन्धकारकै सरकार न हुनेछ ।”
“मेरो बिन्ती छ, भाइ ।” भान्दाइले लाचार मुद्रामा हात जोड्नुभयो । “यो एउटा कपालचैँ काटुँ । यति गरेपछि, भाइ, सबैका आँखा मज्जाले छल्न सकिन्छ । जोरी खोज्नेहरूका मुख थनिन्छन् ।” वाक्य पूरा भइसकेर पनि दाइका हात जोडिएकै थिए ।


“के भोट घट्लान् भनेर हामीले अन्धकारको विरोध नगर्ने त, दाजु ?”

“उदाउनै लागेको हाम्रो सूर्यको सरकार !” यस्तो आशय झुन्डिएको भान्दाइको अनुहारमा चिन्ताको वादल छायो, “भाइ, हाम्रो बहुमतको सरकार !”

“दाइ, अज्ञानको जगमाथि उभिने त्यो सरकार सूर्यको सरकार हुनेछैन । अन्धकारको जगमाथि उभिने त्यो त आखिर अन्धकारकै सरकार न हुनेछ ।”

“मेरो बिन्ती छ, भाइ ।” भान्दाइले लाचार मुद्रामा हात जोड्नुभयो । “यो एउटा कपालचैँ काटुँ । यति गरेपछि, भाइ, सबैका आँखा मज्जाले छल्न सकिन्छ । जोरी खोज्नेहरूका मुख थनिन्छन् ।” वाक्य पूरा भइसकेर पनि दाइका हात जोडिएकै थिए ।

“असम्भव । त्यसरी अद्र्ध–पाखण्डको प्रदर्शन म किन गरुँ ?”

“भाइ, म दाइको यो बिन्ती ।” अहिलेसम्म पनि दाज्यैज्यूका याचनाकारी हात जोडिएकै थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप