बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बारम्बार रिगंटा लाग्नु हुनसक्छ गम्भीर रोगको संकेत

शनिबार, ०१ कात्तिक २०७७, ११ : ०५
शनिबार, ०१ कात्तिक २०७७

एजेन्सी – हाम्रो शरीरलाई सन्तुलन राख्न आँखा, दिमाग, कान, गोडा र मेरुदण्डको नसाले एकसाथ काम गरिरहेको हुन्छ । यो मध्ये हुनै एक अंगले काम गर्न छोडेमा चक्कर (रिगंटा) लागेको महसुस हुन्छ । कहिलेकाँही यो गम्भीर पनि हुनसक्छ । यदि कसैलाई बारम्बार रिगंटा लाग्न र लड्ने गरेको छ भने ती व्यक्तिलाई गम्भीर रोग लागेको हुनसक्छ । 

यस्ता संकेतः 
यदि अत्यधिक टाउको दुख्ने, छात्ती दुख्ने, टाउकोमा चोट, उच्च ज्वरो, मुटुको धड्कन बढ्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने, गला लाग्ने, हेर्न वा बोल्न समस्या हुने, बान्ता हुने र कमजोरी महसुस हुने लक्षण देखिएमा तुरुन्तै डाक्टरको सल्लाह लिनुहोस् । 

रिगंटाः 
यदि तपाईंको वरिपरीका सामान घुमेजस्तो लाग्छ यसलाई रिगंटा लाग्ने भनिन्छ । यस्तो समयमा टाउको थोरै घुमाउन पनि समस्या हुन्छ । यस्तो जब कानको भित्र कुनै पनि भागमा वा दिमागको नसामा कुनै पनि समस्या आएमा बीपीपीवी (Benign paroxysmal positional vertigo) हुन्छ । 

बीपीपीवीका कारण रिगंटा लाग्नुः
कानमा भएको तरल पदार्थले मस्तिष्कलाई पनि नियन्त्रण गर्छ । बीपीपीवी हुँदा कानको भित्रको क्याल्शियमका स–साना टुक्रा आफ्नो स्थानबाट हलचल गर्छन् । यस्तो अवस्थामा दिमागलाई गलत संकेत प्राप्त हुन्छ । सामान्यतयाः यस्तो अवस्था कुनै खास उमेरमा वा टाउकोमा कुनै चोट लाग्ने कारण हुन्छ । बीपीपीवी गम्भीर हुँदैन र विस्तारै आफै हराउँदै जान्छ । र यसलाई ठिक गर्नका लागि व्यायाम गर्नुपर्छ । 

संक्रमणः 
कानको नसा सुन्निएमा पनि रिगंटा लाग्छ । यो भेष्टिबुलर न्युरिटिस वा लेब्रिंथाइटिस हुनसक्छ । यो दुवै कानमा इन्फेक्सन हुँदा हुनसक्छ । यसको कारण अचानक चक्कर लाग्ने, कान बज्ने, ठीकसँग नसुनिने, बान्ता हुने, कान दुख्ने आदि समस्या हुन्छ । यस्ता लक्षण केही हप्तासम्म रहन्छ । यो एन्टिबायोटिकको मद्दतले निको पार्न सकिन्छ । 

मेनेयर रोगका कारणः 
यो रोग लागेको समयमा लामो समयसम्म कानमा दबाब महसुस हुन्छ । यसका साथै मानिसहरुलाई सुन्नमा समस्या हुने, थकाई लाग्ने गर्छ । मेनेयर रोगमा कामको भित्र धेरै तरल पदार्थ जम्मा हुन जान्छ । यसको लागि डाक्टरको औषधिसँगै डाइट पनि खानुपर्छ । 

रक्तसञ्चारः
रक्तसञ्चार पनि रिगंटा लाग्ने समस्याको कारण हुनसक्छ । मस्तिष्कमा निरन्तर अक्सिजनको आपूर्तिको आवश्यकता हुन्छ । मस्तिष्कसम्म अक्सिजन नपुगेको कारण कारण बेहोश हुने स्थितिको सिर्जना हुन्छ । यदि तपाईंलाई यस्तो हुन्छ भने तुरुन्तै डाक्टरसँग सल्लाह गर्नुस् । कहिले काँही एन्टिबायोटिक्स जस्ता औषधिका कारण पनि रिगंटा लाग्न सक्छ ।

पानी कम हुँदाः
धेरैजसो मानिसहरु पानी कम पिउने गर्छन् । मधुमेहका रोगीले पानी कम पिउँदा रक्तचाप हुने र रिगंटा लाग्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप