शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक जित्ने अवसर

शनिबार, ०१ कात्तिक २०७७, ११ : ५५
शनिबार, ०१ कात्तिक २०७७

आई पे रेमिटले नेपालीहरुको महान् चाड दशैं, तिहार र छठलाई लक्षित गरी ‘आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो’ योजना र्सावजनिक गरेको छ । 
यस योजना अन्तर्गत आई पे रेमिटबाट मलेसिया लगायत विश्वका विभिन्न मुलुकबाट पठाएको पैसा प्राप्त गर्दा ग्राहकहरुले दैनिक, साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न सक्नेछन् । यस योजनाको अवधि कार्तिक १ गतेदेखि मंसिर ५ गतेसम्म रहनेछ ।

उपहार कार्यक्रम अन्तर्गत दैनिक रुपमा ७ जनाले प्रेसर कुकर उपहार जित्न सक्न्ेछन् । साथै साप्ताहिक रुपमा हरेक हप्ता १ जना भाग्यशाली विजताले टिभी जित्न सक्नेछन् भने १ जना भाग्यशाली विजेताले बम्पर पुरस्कार स्वरुप बाइक जित्न सक्नेछन् । सम्पूर्ण उपहार कार्यक्रमको विजेताको घोषणा लक्की ड्र मार्फत गरिनेछ भने सोको जानकारी आई पे रेमिटको आधिकारिक फेसबुक पेजमार्फत पनि दैनिक प्रकाशन गरिने कम्पनीका मार्केटिङ्ग तथा सेल्स प्रबन्धक रुप नारायण श्रेष्ठले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप