शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

घर-घरमा जमरा राख्न बागमतीबाट लगियो बालुवा (तस्बिरहरु)

शनिबार, ०१ कात्तिक २०७७, १२ : २१
शनिबार, ०१ कात्तिक २०७७

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको पर्व बडादसैँ शनिबारदेखि शुरु भएको छ ।

बडा दसैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।

आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ  रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ ।

जमरा राख्नको लागि आज बिहानै काठमाडौँका सर्वसाधारण पशुपतिस्थित गुह्वेश्वरी मन्दिरको प्रांगणमा रहेको बागमती नदीको किनारमा बालुवा लिन पुगेका थिए। 

सो बालुवा लगेर विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गर्ने गरिन्छ ।
घटस्थापनाको साइत आज बिहान ११ः ४६ बजे रहेको थियो । आज दिनभर चित्रा नक्षत्र परेकाले शास्त्रीय वचनानुसार मध्याह्नकालमा अभिजित् मुहूर्तको साइत घटस्थापनाका लागि दिइएको बताइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप