शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

डा. सुधा शर्माको 'सिंहदरबारको घुम्ने मेच' सार्वजनिक

शनिबार, ०१ कात्तिक २०७७, १३ : ०२
शनिबार, ०१ कात्तिक २०७७

डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ । डा. शर्मा योग्यताले प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् । उनले वि.सं. २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत सचिवको कार्यभार सम्हालेकी थिइन् । 

डा सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्व राष्ट्रपति रामवरण यादवले भनेका छन् "यो पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनु भएको छ, यसले आउने पुस्तालाई केही सिक्ने मौका दिन्छ ।"  

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सिमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन गरिएको छ  । 
रू. ४२५ मा उपलब्ध हुने ‘सिंहदरबारको घुम्ने मेच’ देशका प्रमुख पुस्तक पसलमा सहजै उपलब्ध हुनेछ । पुस्तकको मूल्य ५ सय ९५ रुपैयाँ राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप