आस्था राउतको ‘यानी माया’ सार्वजनिक
शनिबार, ०१ कात्तिक २०७७, १६ : ३८
काठमाडौं । गायिका आस्था राउतको स्वर रहेको नयाँ गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतमा महाराज थापाले एरेन्ज गरेका हुन् ।
कविता नेपाली, गौरभ बिष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको भिडियोमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ । वरिष्ठ लोकगायक हरि बहादुर राउत र म्युजिक नेपालको संयुक्त लगानीमा तयार भएको ‘यानी माया’को भिडियो निर्देशन, छायांकन र सम्पादन हिमालयन इन्फ्रा टिमले गरेको छ ।
नेपाली सांगीतिक बजारमा फरक पहिचान कायम गरेकी आस्थाको केही समय अघि ‘फाट्यो नी माइतीको चिनो’ बोलको गीत सार्वजनिक भएको थियो । ‘यानी माया’ युवा पुस्तालाई मनपर्ने गीत बनेको आस्थाको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी