बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थानले बैंगलोरलाई दियो  १ सय ७८ रनको चुनौती

शनिबार, ०१ कात्तिक २०७७, १७ : ४६
शनिबार, ०१ कात्तिक २०७७

काठमडौं । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को  ३३ औं खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई  १ सय ७८ रनको चुनौती पेश गरेको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर  ब्याटिङ राजेका राजस्थानले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनायो । 

जसमा अर्धशतक पार गरेका कप्तान स्टेभन स्मिथले ५७ रनको जोडेका थिए । यस्तै ओपनर रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बटुलेका थिए ।

बैंंगलोरका लागि क्रिस मोरिसले ३ तथा युजवेन्द्र चहालले २ विकेट लिए ।  विराट कोहलीको कप्तानीमा रहेको बेंगलोर छैटौं र राजस्थान चौथो जितको खोजिमा छ । बेंगलोर ८ खेलमा ५ मा जित र ३ मा हार सहित १० अंकका साथ तेस्रो स्थानमा छ भने राजस्थान ८ खेलमा ३ मा जित र ५ मा हार सहित सातौं स्थानमा छ ।

राजस्थानलाई प्ले अफको सम्भावना बलियो बनाउन आजको खेलमा जित निकाल्नै देखिन्छ । यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।

यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप