शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एबी डी भिलियर्स चम्किदा बैंगलोर विजयी

शनिबार, ०१ कात्तिक २०७७, १९ : ५८
शनिबार, ०१ कात्तिक २०७७

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को  ३३ औं खेलमा एबी डी भिलियर्सले चम्किएपछि रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बेंगलोरले १९ ओभर ४ बलमा ३ विकेटको क्षतिमा भेट्टाएको हो ।  बेंगलोरलाई जितका लागि अन्तिम १२ बलमा ३५ रन आवश्यक थियो । डी भिलिएर्सले ३ छक्कासहित १९ औं ओभरमा २५ रन निकालेपछि बेंगलोरको पक्षमा खेल आयो । 

त्यसक्रममा डी भिलियर्सले २२ बलमा नटआउट ५५ रन जोडे भने गुर्किरत सिंहले १९ रनको योगदान दिए । यस्तै कप्तान विराट कोहलीले ४३ रन जोड्दा देबदुत पडीक्कलले ३५ रन बनाए । कोहली र देवदत्त पडिकलले ७९ रन साझेदारी गर्दै बेंगलोरलाई लक्ष्यतर्फ उन्मुख गराएका थिए ।

यस्तै आरोन फिन्चले १४ रन बनाए । राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल टेवाटियाले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।। जसमा अर्धशतक पार गरेका कप्तान स्टेभन स्मिथले ५७ रनको जोडेका थिए ।

यस्तै ओपनर रोबिन उथप्पाले ४१, जोस बटलरले २४, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बटुलेका थिए । बैंंगलोरका लागि क्रिस मोरिसले ३ तथा युजवेन्द्र चहालले २ विकेट लिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप