दिल्लीको नौँ खेलमा पनि सन्दीपले पाएनन् मौका
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो नवौं खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई बेन्चमै राखेको छ ।
सारजाह क्रिकेट स्टेडियममा चेन्नई सुपर किङ्सविरुद्धको जारी खेलामा दिल्लीले सन्दीपलाई मौका दिएन । चेन्नईले टस जितेर पहिले ब्याटिङ रोजेपछि दिल्लीले पहिले बलिङ गरिरहेको छ ।
दिल्लीले चेन्नईविरुद्धको खेलका लागि सन्दीपलाई प्लेईङ सेटमा अटाउन सकेनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार नवौं खेलमा बेन्चमै छन् ।
दिल्ली ८ खेलमा ६ जितसहित १२ अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ । चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लने दिल्लीको लक्ष्य छ । यस्तै चेन्नई भने चौंथो जितको खोजीमा रहेको छ । यसै सिजनको पहिलो भेटमा दिल्लीसँग ४४ रनले पराजित आजको खेलमा बदला लिने चाहन्छ । चेन्नई ८ खेलमा ६ अंक जोडेर अंकतालिको छैटौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान