शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कृत्रिम गर्भाधानबाट  जन्मियो शिशु

शनिबार, ०१ कात्तिक २०७७, २० : ४६
शनिबार, ०१ कात्तिक २०७७

चितवन मेडिकल कलेज, भरतपुरमा पहिलोपटक कृत्रिम गर्भाधान विधिबाट शिशु जन्माइएको छ । विगत १५ वर्षदेखि सन्तान हुन नसकेका भरतपुरका एक जोडीको उक्त विधिबाट आज छोराको जन्म भएको हो । 

अस्पतालका प्रसुति विभागका डा रेनुका ताम्राकारका अनुसार गत वर्ष माघमा कृत्रिम गर्भाधान गराइएकामा आज शल्यक्रियामार्फत बच्चा जन्माइएको हो । नाम नखुलाइएको आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको उनले जानकारी दिइन् ।

डा ताम्राकारले जिल्लामा पहिलो पटक कृत्रिम गर्भाधान विधिबाट चितवन मेडिकल कलेजमा बच्चा जन्माइएको जिकिर गरिन् । 

प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, रेडियो डायग्नोसिस र नर्सिङ विभागको समन्वय र अस्पतालका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने, डा आशुदीप शर्मा, प्रा डा गणेश दंगालको निरन्तरको मार्गनिर्देशनमा सफलता  मिलेको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप