शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा एकै दिन तीन कोरोना सङ्क्रमितको मृत्यु

शनिबार, ०१ कात्तिक २०७७, २१ : ११
शनिबार, ०१ कात्तिक २०७७

चितवनका विभिन्न अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत दुई जना र चितवन मेडीकल कलेजमा उपचाररत एक जना कोरोना सङ्क्रमितको उपचारका क्रममा आज मृत्यु भएको हो । 

मृतक मध्ये दुई जना चितवनका र एक जना रौतहटका रहेका छन् । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण वडा नम्बर ७ की ७० वर्षीया महिलाको आज विहान ९ः२५ बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। 

गत असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई ती महिला आइसोलेसनमा भर्ना भएकी थिइन् । असोज २८ गते सङ्क्रमण  पुष्टि भएपछि उनी आइसोलेसनमा बसेकी थिइन् ।

यस्तै आजै भरतपुर अस्पतालमा एक जनप्रतिनिधिको निधन भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १२ का नेपाली काँग्रेसका तर्फबाट निर्वाचित वडा सदस्य कोरोना सङ्क्रमित ४१ वर्षीय बद्रीबहादुर पाण्डेको निधन भएको हो ।

 
चितवन मेडिकल कलेज भरतपुरमा खैरहनी नगरपालिका वडा नम्बर ६ की ६८ वर्षीया सङ्क्रमित  महिलाको पनि आज विहान मृत्यु भएको छ । कोभिड सघन उपचार कक्षमा उपचाररत ती महिलाको विहान मृत्यु भएको अस्पतालका निर्देशक डा।दयाराम लम्सालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप